Comments Add Comment

सुशील भन्थे-बिहे गर्दा झमेला हुन्छ

Susil-Koirala२७ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराको मंगलबार बिहान निधन भयो । सादगी नेताको छवि बनाएका कोइराला अविबाहित थिए ।

राणा शासनसँगको बिद्रोहदेखि पञ्चायत विरुद्धको लडाइँसम्म अधिकांश कांग्रेसी नेताहरुको बसोबास हुने ठाउँ थियो भारतको बनारस । आजको अन्नपूर्णमा समाचार छ ।

त्यही बस्दा बेलाबेलामा कांग्रेसका अर्का नेता कृष्णप्रसाद भट्टराई पनि पुग्थे र बेला बेला भन्ने गर्थे ‘केटा हो, मैले त बिहे नगरेर गल्ती गरे तिमीहरु जीवन खेर नफाल, बिहे गर ।’ अनि सुशील जवाफ फर्काउथे ‘बिहे गर्ने होइन, झमेला हुन्छ ।’

बहुदल आइसकेपछि पनि धेरैले कोइरालालाई बिहे गर्न सम्झाए तर उनको जवाफ हुन्थ्यो ‘झमेला’ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment