Comments Add Comment

कोइरालाले मिसन पूरा गरेः भारत

Shusil-Koirala bidai  (4)२७ माघ,काठमाडौं ।  भारतले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भई जटिल राजनीतिक संक्रमणको मिसन पूरा गर्न सफल भएको भन्दै कोइरालको प्रशंसा गरेको छ ।

भारतीय सर्वदलीय सांसदका साथ कांग्रेस सभापति कोइरालालाई श्रद्धाञ्जली अर्पण गरेपछि कांग्रेसका शीर्ष नेताहरुसंग दशरथ रंगशालमामा संक्षिप्त भेट गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले कोइरालाको राजनीतिक भूमिकाको सराहना गरेकी हुन् । आजको अन्नपूर्णमा समाचार छ ।

कोइरालाकै नेतृत्वमा संविधान जारी हुनुका साथै पहिलो संविधान संशोधन प्रस्ताव पनि अघि बढ्यो । संविधान जारीपछि देखिएको असहज अवस्था हट्यो ।

कोइरालाले अाफ्नो मिसन पूरा गर्न सफल हुनभयो, भारतीय विदेशमन्त्रीलाई उद्धृत गर्दै कांग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेलले भने । मुलुकमा देखिएको जटिल राजनीतिक संक्रमणकाल हल गर्न कोइरालाको महत्वपूर्ण योगदान रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment