Comments Add Comment

सुशीलको पार्थिव शरीर २ बजेसम्म रंगशालामा राखिने

Sushil Koirala all bida (1)२७ माघ काठमाडौं । दिवंगत पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको आज साँझ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।

स्व. कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन चाहनेहरुले सोमबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म दशरथ रंगशाला जान सक्नेछन् । दुई बजेपछि रंगशालाबाट आर्यघाटतर्फ शवयात्रा अघि बढ्नेछ ।

नेपाली कांग्रेसले दिएको जानकारी अनुसार २ बजे रंगशालाबाट सुरु भएको शवयात्रा त्रिपुरेश्वर, थापाथली, पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर र गौशाला हुँदै साँझ पाँच बजेतिर आर्यघाटमा पुग्ने छ ।

आज सार्वजनिक विदा

कोइरालाको निधनमा शोक मनाउन सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । साथै माघ २८ सम्म तीन दिन नेपालभरका सरकारी कार्यलय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइनेछन् ।

नेपाली कांग्रेसले १३ दिनसम्म पार्टीका कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment