Comments Add Comment

अष्ट्रेलियामा सम्पन्न सुकोकाइ कराँतेमा कुशललाई रजत

kushal-shrestha

मेलवर्न । दशौं साफका स्वर्णपदकधारी कराँंतेका स्टार खेलाडी कुशल श्रेष्ठले अस्ट्रेलियाको मेलवर्नमा जारी सुकोकाइ काराँते ओपन च्याम्पियनसीपमा रजत पदक हात पारेका छन् ।

अस्ट्रेलियन सुकोकाइ कराँंते डो को आयोजनामा भएको अन्तर्राष्ट्रिय आमन्त्रण कराँंते प्रतियोगितामा कुशलले फाइनलमा अस्ट्रेलियन प्रतिद्धन्द्धीसँंग २-१ ले पराजित हुँदै रजत पदक जितेका हुन् ।

प्रशिक्षक समेत रहेका कुशलले क्वार्टरफाइनलमा आयोजक अष्ट्रेलियाकै प्रतिद्वन्द्वीलाई ५-२ र सेमिफाइनलमा पनि अष्ट्रेलियाली खेलाडीलाई नै ९-२ ले हराएका थिए ।

नवौ साफमा रजत र दशौ साफमा स्वर्ण पदक विजेता कुशल यस पटक साफ गेम्समा कराँंते समावेश नभएपछि अस्ट्रेलियाको प्रतियोगितामा सहभागी भएका हुन् ।

कुशलले सुकोकोइ कराँंते डोको मेलवर्न डोजोमा प्रशिक्षण समेत गरेका थिए ।

प्रतियोगितामा एशिया तथा ओसनिया राष्ट्रका करिब ३०० खेलाडीको सहभागिता छ ।

त्यस्तै अर्की नेपाली खेलाडी तारा गुरुङको भने प्रतियोगिता सहभागितामा मात्रै सीमित भयो । उनले आयोजक अष्ट्रेलियाकी प्रतिस्पर्धिसंग क्वाटरफाइनलमै पराजय ब्यहोरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment