Comments Add Comment

एक थप्पडको मुल्य ५ लाख तिर्ने भए गोबिन्दाले

Govinda
सन् २००८ मा सन्तोष राय नाम गरेका युवकलाई थप्पड मारेका बलिउड नायक गोबिन्दाले थप्पडको मुुल्य ५ लाख भारु तिर्नुपर्ने भएको छ । त्यती मात्रै नभएर विनासर्त सन्तोषसँग माफी माग्न भारतको सर्वोच्च अदालतले निर्देशन दिएको छ ।

पत्रकारहरुसँग कुरा गर्दै गोबिन्दाले न्यायलय र फ्यानको सम्मान गर्छु भन्दै अदालतको आदेश आफूलाई स्विकाार्य भएको बताए ।

अदालतले गोबिन्दालाई प्रश्न समेत गरेको थियो कि-‘तपाई हिरो हो, निर्दोषलाई किन थप्पड मार्नुहुन्छ ?’ बलिउडकर्मीहरुका अनुसार गोबिन्दा र सन्तोषको सम्बन्ध पुरानै हो ।

कांग्रेस पार्टीका सांसद समेत भएका गोबिन्दाले चाँडै नै सन्तोषलाई भेटेर अदालतको आदेशको पालना गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment