Comments Add Comment

मलेसियामा रकस्टार धमाकाः मुन्द्रेले हसाए, राजेशले नचाए

Rock-Star-dhamaka,-Malaysia

क्वालालम्पुर । रातो र चन्द्र सू्र्य अंकित झन्डा फर्फराउँदै स्टेजमा पुग्नुभन्दा अगाडि नै तालीको गडगडाहट सुरु भैसकेको थियो ।

कार्यक्रम संचालक बद्री घिमिरेले अबको प्रस्तुति भन्दै गर्दा सन्नाटा छाएको हल राजेश पायल राईको पुरै नाम उच्चारण गर्न नपाउँदै हजारौं दर्शकको तालिले एकाएक बदलियो । सबै आ-आफ्नो स्थानबाट जुरुक्क उठे र एकैसाथ भने ‘राई इज किङ, राई इज किङ’ ।

चिनियाँ नयाँ बर्षको अवसरमा मंगलबार मलेसियास्थित पेनाङको बियम शहरमा भएको संगीतिक कार्यक्रममा राजेश पायल राईले सबैको मन जिते ।

उता जितु नेपाल ‘मुन्द्रे’को प्रस्तुति पनि उत्कृष्ट थियो । कानमा मुन्द्रा र आँखामा सिसा नभएको चस्मा लगाएर स्टेज चढेका मुन्द्रे स्टेजमा रहिरहँदा कहिँ कतै पनि शुन्यता महसुस भएन । पुरै कार्यक्रम स्थल हाँसोको खित्कामा बदलियो । मुन्द्र्रेको प्रस्तुतीमा नहास्ने कोही थिएनन् ।

तीन दिनसम्म मलेसियामा चलेको ‘रकस्टार धमाका’ कार्यक्रममा राजेश, मुन्द्रेसंगै अर्का हास्य कलाकार तथा नृत्य निर्देशक पेमा लामा पनि आकर्षणका केन्द्र बने । फरक अभिनय र रोमान्स प्रस्तुत गरेका लामा नेपालीहरुले दिएको अथाह मायाले मलेसियाको यात्रा कहिलै नभुल्ने बताउँछन् ।

यसैगरी लोकदोहोरी गायिका सिर्जु अधिकारी र मोडल चन्दा दाहालको प्रस्तुतिमा पनि झुमे दर्शक । आधादर्जन लोक दोहोरी तथा आधुनिक गीत गाउँदा दर्शकको उत्साह र प्रोत्साहन अथाह पाएको उनीहरुले बताए ।

रकस्टार ग्रुप मलेसिया पेनाङको आयोजनामा घरबाट बाहिर रहेका नेपालीहरु बीच आत्मियता साटासाट गर्ने उद्देश्यले मलेशिया स्थित पेनाङका विभिन्न सहरहरुमा रकस्टार धमाका-२ को आयोजना गरिएको थियो । फेब्रुअरी ७ मा सुङ्गाइ पतानी, ८ मा बुकिट जाम्बलु र ९ मा बि.एम. हल मा गरिएको उक्त कार्यक्रममा नेपालीहरुको उल्लेख्य सहभागीता रहेको कार्यक्रम संयोजक तथा संचालक बद्री घिमिरेले बताए ।

मलेसियामा रहेका नेपालीहरुलाई सांगितिक कार्यक्रम मार्फत एकताको सन्देश र मनोरञ्जन दिलाउन कार्यक्रम गरिएको कार्यक्रम सहसंयोजक अर्जुन बि.क.ले जानकारी दिए ।

– गौतम श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment