Comments Add Comment

अढाई करोड रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी

२७ माघ, उदयपुर । नेपाल विद्युत् प्राधिकरण कार्यालय उदयपुरमा यस वर्ष २०७२ सालको पुस मसान्तसम्ममा करिब अढाई करोड रुपैयाँ विद्युत् शुल्क उठ्न बाँकी रहेको छ ।

विद्युत् प्राधिकरण कार्यालय उदयपुरका अनुसार विगतदेखि नै धेरै विद्युत् महसुल उठ्न बाँकी रहेको भए तापनि प्राधिकरण कार्यालयले शुल्क उठाउन कडाइ गर्दै लगेपछि धेरै शुल्क उठ्न थालेको हो ।

तर पनि अझै यस वर्षको पुस मसान्त सम्ममा दुई करोड ५१ लाख ५१ हजार बक्यौता भने उठ्न बाँकी रहेको कुरा विद्युत् प्राधिकरण कार्यालय उदयपुरका लेखा अधिकृत जितेन्द्र झाले बताए ।

२०७२ सालको वशाखदेखि पुस मसान्तसम्ममा कार्यालयले करिब ११ करोड ३६ लाख ८४ हजार ४४४ रुपैयाँ बराबरको विद्युत् बिक्री गरेर महसुल उठाएको पनि लेखा अधिकृत झाले बताए ।

गत चार महिनाभित्र मात्र धेरै रकम बक्यौता भएर पनि शुल्क नबुझाउने ग्राहक मध्येका ५६ जना ग्राहकको लाइन काटेर कारबाही गरिएको पनि कार्यालयले बताएको छ । अहिले पनि जिल्लाका केही सरकारी कार्यालयसहित धेरै ग्राहकले शुल्क बुझाउन बाँकी रहेको पनि कार्यालयले बताएको छ ।

बाँकी बक्यौता रकम उठाउनका लागि कार्यालयले कडाइका साथ अहिले अभियान सञ्चालन सुरु गरेको कुरा विद्युत् प्राधिकरण कार्यालय उदयपुर गाईघाटका प्रमुख अबधेशकुमार दुबेले बताए । अहिले उदयपुरको कटारी क्षेत्र, गाईघाट क्षेत्र तथा बेल्टार क्षेत्र गरी करिब २७ हजार ६ सय ४४ घर कार्यालयका ग्राहक रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment