Comments Add Comment

कोइरालालाई श्रद्धाञ्जलि दिन रंगशालामा घुइँचो

rangasala ma२७ माघ,काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई श्रद्धाञ्जलि दिन आज बिहानैदेखि दशरथ रङ्गशालामा घुइँचो लागेको छ ।

नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनका लागि जिल्लामा रहेका नेता तथा कार्यकर्ताहरु काठमाडौँ आउन थालेपछि घुइँचो बढेको हो । कोइरालाको गृहजिल्ला बाँके, बाग्लुङ, चितवनलगायत जिल्लाबाट सर्वसाधारणहरु आउनेक्रम जारी रहेको छ ।

मङ्गलबार बेलुकादेखि नेपाल सरकारको जिम्मामा रहेको बाकसभित्र रहेको शवलाई श्रद्धाञ्जलि दिन आज बिहान ९ बजेदेखि बाकसबाट बाहिर निकालिएको थियो । अाजै दिउसो २ बजेपछि दाहसंस्कारकाेलागि शव यात्रा सहित पशुपति अार्यघाट लगिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment