Comments Add Comment

इन्स्टाग्राममा उत्कृष्ट बन्यो रारा तालको तस्वीर

RaRa Lake

२७ माघ, काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राममा राखिएका फोटोहरुमध्ये उत्कृष्ट १० भित्र राराताल पनि परेको छ । विहान सूर्य उदाउदा सुनौलो देखिएको रारा तालको फोटो सुनिल शर्माले खिचेका हुन् ।

अमेरिकाको चर्चित ट्राभल अनलाइन अल्पेन क्लाइम्बले इन्स्टाग्राममा राखिएका उत्कृष्ट १० फोटो सार्वजनिक गरेको हो । अल्पेन क्लाइम्बले इन्स्टाग्राममा पोष्ट गरिएका लाखौं फोटोहरुमध्ये फ्रेबुअरी ८ तारिखमा उत्कृष्ट १० फोटोहरु छनौट गरी सार्वजनिक गरेको हो ।

अल्पेन क्लाइम्ब विभिन्न बाहिरी गतिविधिको प्रचार-प्रसार गरी मानिसमा घुम्ने संस्कृतिको विकास गर्ने उद्देश्यले सुरु गरेको वेभ पोर्टल हो । नेपालको रारा ताल उक्त छनोटमा पर्नुले विश्वब्यापी रुपमा नेपालको प्रबर्द्धन हुने विश्वास गरिएको छ । शर्मा पर्यटन बोर्डका निमित्त निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment