Comments Add Comment

किन घट्दैछ सुहागरातमा सम्भोग ? एक तिहाइले गर्दैनन् पहिलो रातमा सहवास

sex-lifeबिवाहको रात अर्थात् सुहागरात नव विवाहित जोडीको लागि निकै महत्वपूर्ण रहने गर्छ । एक अर्काले आफुलाई सुम्पिने र धेरैका लागि सहवासको पहिलो अनुभुति प्राप्त गर्ने रातको रुपमा रहने सुहागरात दाम्पत्य जिवनको वास्तविक सुरुवात हो ।

सुहागरातलाई सम्भोगले भरिपूर्ण तथा अर्थपूर्ण र विशेष गराउँछ । तर एक अध्ययनले भने सुहागरातमा नवविवाहित जोडीबीच यौन सम्पर्क हुने दर घट्दै गएको देखाएको छ । बेलायतमा गरिएको सर्भेक्षणले यस्तो देखाएको हो ।

यु गोभ नामक संस्थाले ७११ जना विवाहित प्रौढहरुमा गरेको अध्ययनका क्रममा एक तिहाइले आफुले विवाहको रात आफ्नो पार्टनरसँग सहवास नगरेको जवाफ दिए ।

सुहागरातमा सम्भोग नगर्नुका कारण विभिन्न थिए । ती मध्ये आधाजसोले थकाइलाई मुख्य दोष दिए भने हरेक ५ जनामा एक जनाले धेरै रक्सी पिएका कारण सुहागरातमा सम्भोग नगरेको बताए ।

६० वर्षभन्दा माथिको उमेरका मध्ये तिन चौथाइ मानिसले भने आफुहरुले सुहागरातमा पार्टनरसँग सेक्स गरेको अनुभव बाँडे ।
१८ देखि ३९ वर्ष उमेरका ८ प्रतिशत यस्ता मानिस पनि भेटिए जसलाई आफुले बिवाहको रात पार्टनरसँग सहवास गरे नगरेकेा अहिले सम्झना छैन ।

उक्त सर्भेक्षण अनुसार हुनेवाला जिवनसाथीसँग विवाह अघि नै सेक्स गर्नेहरु पचास प्रतिशत भन्दा कम थिए । विवाह अघि आफ्नो अहिलेको पार्टनर भन्दा अन्य मानिससँग सेक्स गरिसकेकाहरुको दरमा भने पछिल्लो पुस्तामा उल्लेखनीय रुपले बढोत्तरी भएको सर्भेक्षणले देखाएको छ ।

सर्भेक्षणमा सहभागी गराइएका ६० वर्ष भन्दा माथिका ४४ सहभागीहरुले आफुले विवाह हुनुअघि हालको पार्टनर भन्दा अन्य सँग सेक्स गरेको बताए भने १८ देखि ३९ वर्ष उमेरका ६४ प्रतिशत सहभागीहरुले विवाह अघि धेरै पार्टनरसँग सेक्स गरिसकेको खुलासा गरे ।

सर्भेक्षणमा सहभागी गराइएका मध्येे ६० प्रतिशत पुरुष तथा ४६ प्रतिशत महिलाले आफुले विवाह अघि नै हालको पार्टनर भन्दा अन्य यौनसाथी सँग सेक्स गरिसकेको बताए ।

सायद विवाह अघि नै यौनक्रिडाको अनुभव पर्याप्त मात्रामा लिइसकेको हुनाले पनि धेरैका लागि सुहागरातको सम्भोग नौलो नहुन सक्छ । त्यसैले पछिल्लो पुस्ताका धेरै युवायुवतीले सुहागरातको सम्भोगलाई विशेष महत्व दिन छाडेको र सुहागरातमा हुने पहिलो सम्भोगको दर घट्दै गएको हुनसक्ने बताइएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment