Comments Add Comment

१२औं सागः उसुलाई अर्को सफलता, हरि र सविताले जिते रजत

SAG-1सन्देश श्रेष्ठ

२७ माघ, सिलोङ । भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन नेपालले उसुतर्फ दुई रजत थपिएको छ । नेपालका लागि हरिप्रसाद गोले र सविता राईले उसु अन्तर्गत थाउलो स्पर्धामा रजत जितेका हुन् ।

अघिल्लो दिन ९.०१ अंक प्राप्त गरेका उनले आजपनि समान ९.०१ अंक नै प्राप्त गर्दै कुल १८.०२ अंक सहित रजत पदक जितेका हुन् ।

यस स्पर्धामा भारतले स्वर्ण जित्यो । भारतका एम ग्यानदास सिंहले कुल १८.७९ अंकसहित स्वर्ण जितेका हुन् ।

त्यस्तै थाउलोको महिलातर्फ नेपालकी सविता राइले राजत जितेकी छन् । खोटाङकी २२ बर्षीया राईले अघिल्लो दिन ९.१५ र आज ८.५५ अंक प्राप्त गर्दै कुल १७.७० अंकको साथमा उनले रजत जितेकी हुन् ।

यस स्पर्धामा भारतकी सारातोम्वी चानुले १८.६२ अंक हासिल गर्दै स्वर्ण जितिन भने पाकिस्तानकी खेलाडीले काश्य जितिन ।

यो सँगै उसुतर्फ नेपालले पदक सङ्ख्या ८ पुर्‍याएको छ । नेपालले १ स्वर्ण, ६ रजत र १ काश्य उसुमा जितेको छ ।

यसअघि नेपालकी निता घर्तीमगरले स्वर्ण जितेकी थिइन् भने बिजय सिञ्जाली, सुस्मिता तामाङ, युवराज थापा, विश्व बुढामगरले जित जितिसकेका छन् । सरोज पुनले काश्य जितेका छन् ।

१२अाैं सागमा नेपालले अहिलेसम्म २२ पदक जितेको छ ।  जसमा १ स्वर्ण, ७ रजत र १५ काश्य छन् ।

नेपालले आज थप ४ स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्दैछ । अर्थात नेपालले आज ४ स्पर्धाको फाईनल खेल्दैछ ।

उसुको महिला सान्सुतर्फ नेपालकी स्टार खेलाडी झरना गुरुङले स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्दैछिन् । ५२ केजी तौल समूहमा प्रतिष्पर्धा गर्ने उनले फाइनलमा भारतकी युमनाम सनाथोइ देबीसँग भिड्नुपर्नेछ ।

त्यस्तै, सोही स्पर्धाको ६० केजी तौल समूहमा नेपालकी जुनी राइले स्वर्ण पदकका लागि भारतकी अरुणनपमा देवीसँग प्रतिष्पर्धा गर्नेछिन् । भने ७० केजी तौल समूहमा नेपालकी विन्दु पुन मगरले भारतकी पूजा काडियासँग प्रतिष्पर्धा गर्नेछिन् ।

त्यसैगरी आजै नेपालका राजेश चौधरीले ५६ केजी तौल समूहमा भारतका रवि पञ्चलसँग स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्दैछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment