Comments Add Comment

पूर्वअर्थमन्त्री भरतमोहन भन्छन्– अर्थतन्त्रप्रति गिरिजाबाबुभन्दा संवेदनशील थिए सुशील

Susil-Koirala२७ माघ, काठमाडौं । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइराला अर्थतन्त्रका ज्ञाता नभए पनि अर्थतन्त्रप्रति संवेदनशील भएको बताएका छन् ।

६५ वर्षे राजनीतिक जीबनमा करिब २ वर्षमात्रै सत्तामा बसेका कोइराला आर्थिक वृद्धिप्रति संबेदनशील अधिकारीको टिप्पणी छ । कोइराला एकैपटक प्रधानमन्त्री भएर सत्तामा बसेका थिए ।

कोइरालालाई आर्थिक कोणबाट विश्लेषण गर्नुभन्दा पनि राजनीतिक र सादगी जिवनयापनका विषयबाट नै हेर्नुपर्ने अधिकारी बताउँछन् ।

‘कोइरालालाई म ५० वर्षदेखि चिन्छु । आर्थिक विकासका लागिभन्दा पनि राजनीतिक लडाईमा उहाँको ठूलो योगदान छ । आजको नेपाली समाजमा अत्यन्तै सादा जीबन जिउने सरल र त्यागी नेता हो उहाँ,’ उनले भने ।

तर, आर्थिक विषयवस्तुमा सुशस्ललाई आफूले गिरिजाप्रसाद कोइरालाभन्दा बढी संवेदनशस्ल पाएको उनको भनाइ छ ।

‘म पटक–पटक अर्थमन्त्री भएँ । अर्थमन्त्री भएको बेला गिरिजाबाबुलाई भेटेर आर्थिक विषयवस्तुमा कुरा गर्दा रामशरण र महेशजीलाई बोलाएर मात्रै कुरा गर्नुहुन्थ्यो । लाग्थ्यो, कांग्रेसमा अर्थतन्त्रको जिम्मा रामशरण र महेजीले पाएका छन्,’ अधिकारीले सुनाए ।

तर आफू अन्तिमपटक अर्थमन्त्री हुँदा कोइराला कांग्रेसको पार्टी सभापति भएको र आर्थिक विषयमा कुरा गर्न जा“दा निकै गंभीर र संवेदनशील पाएको उनले बताए । ‘मैले विभिन्न आर्थिक विषयमा कुरा गर्दा सुशीलजीले तपाईले भनेको कुरा अत्यन्तै सही छ, म यस विषयमा संवेदनशील छु, पार्टीका साथीहरुसँग छलफल गरेर सकरात्मक निर्णय दिलाउछु भन्नुभएको थियो,’ अधिकारीले स्मरण गरे– ‘गिरिजाबाबु त हामीसँग डाइरेक्ट डिल नै गर्नु हुँदैनथ्यो । अर्थतन्त्रप्रति मैले सुशीललाई गिरिजाबाबुभन्दा बढी संवेदनशील भएको पाएँ ।’

तर, सुशील कोइराला स्वयं भने आर्थिक विषयबस्तुको ज्ञाता नभएको र आफ्नै अगुवाईमा विकासका काम भने गर्न नसकेको अधिकारीको टिप्पणी छ ।

‘उहाँको शासनकाल आर्थिक विकासभन्दा पनि संविधान निर्माणमै केन्द्रित रह्यो, त्यसैले उहा“ स्वयं अग्रसर भएर मुलुकमा विकास निर्माणका काम भने देख्न पाइएन,’ उनले भने ।

नेपालका अधिकांस शीर्ष नेताहरुसँग अर्थतन्त्रको ज्ञान नभएको र उनीहरु सँग आर्थिक विकासको प्रष्ट दृष्टिकोण पनि नभएको अधिकारी बताउँछन् ।

‘तीतो यथार्थ के हो भने नेपालका अधिकांस शीर्ष नेताहरुसँग आर्थिक विकासको भिजन भएजस्तो मलाई लाग्दैन,’ उनले भने ।

शान्ति र संविधानमै केन्द्रित : पाण्डे

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे पनि सुशीललाई आर्थिक विकासका पक्षबाट नभई राजनीतिक र सादा जीबन भएको नेताका रुपमा हेर्नुपर्ने बताउँछन् ।

‘६५ वर्षे राजनीतिक जीबनमा उहाँ करिब २ वर्षमात्रै सत्तामा बस्नुभयो, मैले उहाँसँग एउटै क्याविनेटमा बसेर काम गरेको छैन । उहाँको कार्यकाल आर्थिक विकासका लागि भन्दा पनि दीगो शान्ति स्थापना र नयाँ संविधान निर्माणमा नै केन्द्रिर रह्यो,’ पाण्डेले भने– ‘मैले चाहीँ आर्थिक विकासबाट नभई संविधान निर्माणमा उहाँले राखेको अडान र देखाएको सक्रियताको उच्च सम्मान गर्ने गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment