Comments Add Comment

तीन मन्त्रीको जिल्ला भ्रमण खर्च चार लाख !

२७ माघ, काठमाडौं । सरकारका तीन मन्त्रीहरुले जिल्ला भ्रमण गरेर राज्यकोषको चार लाख रुपैयाँ खर्च गरेका छन् । प्रधानमन्त्री कार्यालयको वेभसाइटमा माघ २४ गते जिल्ला भ्रमणमा जाँदा चार लाख रुपैयाँ खर्च भएको विल पेस गरेको उल्लेख छ ।

mantri-ko-kharcha

प्रधानमन्त्री कार्यालयका अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले अनुगमन र मूल्यांकनका लागि विभिन्न जिल्ला भ्रमणमा जाँदा १ लाख ८१ हजार ९ सय ६० रुपैयाँ खर्च गरेका छन् ।

त्यसैगरी, उद्योग राज्यमन्त्री मेघराज नेपालीले अनुगमन तथा मुल्यांकनका लागि जिल्ला जाँदा ३६ हजार ३ सय ३० रुपैयाँ खर्च भएको बिल पेस गरेका छन् ।

अर्थ राज्यमन्त्री दामोदर भण्डारीले पनि सोही शीर्षकमा जिल्ला भ्रमण गरी १ लाख ७५ हजार १ सय ५० रुपैयाँ खर्च गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री शुसील कोइरालाको पहिलो मन्त्रीपरिषदको बैठकले मन्त्रीहरुले गरेको खर्चको बिवरण सार्वजनिक गर्नुपर्ने निर्णय गरेको थियो । जसअनुसार सबै मन्त्रीहरुले खर्च गरेको विल प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्दै आएको छ ।

तत्कालीन प्रधानमन्त्री कोइरालाले मन्त्रीहरुले गरेको खर्चको बिवरण प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्ने र त्यो ७२ घन्टासम्म रहने व्यवस्था मिलाएका थिए ।

कोइरालाले गरेको यो व्यवस्था मन्त्रीहरुका लागि टाउको दुखाइको विषय बने पनि अहिलेसम्म भने यसले निरन्तरता पाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment