Comments Add Comment

१२औं सागः उसुको सबै खेल सकियो, १२ पदक भित्रियो

sabita-rai-wushu

सन्देश श्रेष्ठ

२७ माघ, सिलोङ । भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज नेपालले उसुमा मात्रै ६ रजत जितेको छ । यो सँगै सागमा उसुको सबै खेल सकिएको छ ।

आज भएको खेलमा नेपालका लागि थाउलोतर्फ रामप्रसाद गोले र सविता राईले रजत जिते ।

त्यस्तै सान्सुतर्फ नेपालकी झरना गुरुङ, जुनी राई, बिन्दू पुन मगर र राजेश चौधरीले रजत पदक जितेका हुन् ।

राजेशले स्वर्ण पदकका लागि आज भएको फाइनल प्रतिष्पर्धामा भारतीय खेलाडी रवि पञ्चलसँग २/० ले पराजित भएपछि उनले पनि रजतमै चित्त बुझाउनु परेको हो ।

महिलातर्फ झरनाले ५२ केजी तौल समूहमा रजत पदक प्राप्त गरिन् । स्वर्ण पदकका लागि भएको प्रतिष्पर्धामा उनी भारतकी युमनाम सनाथोइ देबीसँग २/० ले पराजित भइन् । उनीबाट नेपालले स्वर्णको आशा गरेपनि फाइनलमा सोंचे अनुसार प्रदर्शन गर्न सकिनन् ।

त्यस्तै, सोही स्पर्धाको ६० केजी तौल समूहमा नेपालकी जुनी राइले रजत पदक जितिन् । आज स्वर्ण पदकका लागि भएको प्रतिष्पर्धामा भारतकी अरुणनपमा देवीसँग २/० ले नै पराजित भएपछि उनी रजत पदकमा सिमित भइन् ।

त्यस्तै स्वर्णको आशा गरिएको ७० केजी तौल समूहमा नेपालकी विन्दु पुन मगरले भारतकी पूजा काडियासँग २/० ले नै पराजित भइन् ।

उसुवाट मात्र १२ पदक

साग गेम्स अन्तर्गत उसुतर्फको सबै खेल सकिएको छ । नेपालको पदकतालिकामा उसुको प्रदर्शन निक्कै उल्लेख्य रहृयो । नेपालले अहिलेसम्म जितेको एकमात्र स्वर्ण उसुबाटै छ ।

नेपालले उसुमा १ स्वर्ण, १० रजत र १ काश्यसहित १२ पदक जितेको छ । जवकी नेपालले अहिलेसम्म जम्मा २९ पदक जितेको छ ।

नेपालकी निता घर्तीमगरले स्वर्ण जितेकी थिइन् भने बिजय सिञ्जाली, सुस्मिता तामाङ, युवराज थापा, विश्व बुढामगर, हरिप्रसाद गोले र सविता राईले रजत जितेका थिए । त्यस्तै सरोज पुनले काश्य जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment