Comments Add Comment

‘ए मेरो हजुर २’ मा अनमोल नहुने, झरना खोज्दैछिन् नयाँ नायक

anmol-ck
लामो समयदेखि छायांकनमा जाने भनिएपनि विविध कारणले रोकिएको नायिका झरना थापाको बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’का लागि नयाँ कलाकारको खोजी गरिएको छ । मुम्बइमा गीत रेकडिङ गरेर यसका निर्माता सुनिल कुमार थापा र संगीतकार बसन्त सापकोटा फर्किएको पनि लामै समय भैसकेको छ ।

यसै चलचित्रबाट नायिका झरना थापा निर्देशक पनि बन्ने तयारीमा छिन् । झरनाले भनिन्-‘विविध कारणले गर्दा हामीले काम सुरु गर्न सकेका छैनौ । मुख्य कुरा त देशको अवस्थाले पनि छायांकनमा जान सकिएन ।’ उनले नायक अनमोल केसीलाई पनि केही समय पर्खिएको बताइन् ।

‘हो हामीले अनमोल केसीलाई पनि केही समय पर्खिएका हौ । तर, अब उहाँ चलचित्रमा नहुने पक्का भएको छ ।’ झरनाले भनिन् ।

उनका अनुसार अनमोलले दिएको समयमा अब काम गर्न सकिने अवस्था छैन । अनमोलले आफूहरुलाई केही महिना कुर्न आग्रह गरेको जानकारी दिदै झरनाले भनिन्-‘छायांकनमा जान ढिलो भएकाले अब अनमोल जीलाई पनि पर्खने समय छैन ।’

अनमोलले फागुनमा आफ्नै चलचित्रको प्रमोशन गर्नुपर्ने बताएका छन् । यसपछि, चलचित्र लिएर यूरोप र अमेरिका जाने भएकाले पनि केही समय नभ्याउने अनमोलको कथन थियो ।

नायिका झरना थापाले अब चलचित्रका लागि नयाँ कलाकार खोजिएको बताइन् । स्वर्गिय शिव रेग्मीले निर्देशन गरेको चर्चित चलचित्र ‘ए मेरो हजुर’को सिक्वेलमा रुपमा ‘ए मेरो हजुर २’ निर्माण हुन लागेको हो ।

अनमोलले गीत आफूलाई नसुहाउने बताएका हुन् भन्ने प्रश्नमा झरनाले भनिन्-‘गीत उहाँले खुबै मन पराउनुभयो । तर, उदितनारायण झाको स्वर आफूलाई फिट हुँदैन कि भन्ने कुरा भएको थियो ।’ बसन्त सापकोटाले संगीत भरेका गीतमा बलिउड चलचित्रमा आवाज  दिइरहेका गायक-गायिकाले स्वर दिएका छन् ।

कलाकारहरु पनि निर्देशक बनिरहेको भीडमा झरना पनि  थपिने तयारीमा छिन् । उनले लामो समयदेखि आफूले चलचित्रको कथामा होमवर्क गरेकाले पनि कथावस्तु राम्रो बनेको दाबी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment