Comments Add Comment

दरबारमार्गमा खुल्यो तोयाकाराजको आउटलेट

Toyokraj

२७ माघ, काठमाडौं । युवायुवतीहरुमा प्रसिद्ध रहेको ‘प्रणय दिवस’ अर्थात ‘भ्यालेनटाइन डे’को पूर्वसन्ध्यामा तोयाकाराज फ्राइड चिकेनले दरबारमार्गको शेर्पा मलमा आउटलेट सञ्चालनमा ल्याएको छ ।

‘कि म्यान’ समूहको शेर्पा मलमा सञ्चालन हुदै आएको क्याफेरिनाबाट तोयाकाराजको आउटलेट पनि सञ्चालनमा आएको हो । चिकेन पारखीहरुले जापानीज ब्रान्ड तोयाकाराजको स्वाद दरबारमार्गमा नै लिन सक्ने क्याफेरिनाका सञ्चालक किशोर पाण्डेले बताए ।

जापानमा ३० भन्दा बढि रेष्टुरेन्ट सञ्चालन गर्दै आएको तोयाकाराजका अन्य मुलुकमा पनि शाखा सञ्जालहरु रहेका छन् । नेपालमा यसको पहिलो बिक्री केन्द्र थापाथलीको टे्रड टावरमा रहेको छ । तोयाकाराज जापानले पठाएको मापदण्डअनुसार नै चिकेनको विभिन्न परिकार बनाउने यस शाखाहरुमा स्थानिय चिकेन नै प्रयोग हुने र मरमसाला एवं स्वादहरु ज्ापानबाटै आउने गरेकोे छ ।

तोयाकाराजमा पाइने परिकारहरुको मुल्य न्युनतम १५० रुपैया देखी बढिमा ४३० रुपैयासम्म पर्ने छ । तोयाकाराजको स्थानिय बजारमा लोकपि्रयता बढ्दै गएकाले आगामी दिनमा आउटलेटहरु विस्तार गरि लगिने जेएफसी नेपालका अध्यक्ष बिनय उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment