Comments Add Comment

सुशीललाई भतिज अतुलले दिए दागबत्ती

Sushil Koirala Bidai (15)

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका स्वर्गीय सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई भतिजा अतुलले दागबत्ती दिएका छन् ।

त्यसअघि चितामा राखिएको कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे र अन्तिम श्रद्धाञ्जलि अर्पण गरे । कोइरालाको सम्मानमा नेपाली सेनाले सलामी दिएको छ । राष्ट्रिय गानको धून पनि बजाइएको छ । आर्यघाटमा उपस्थित सर्बसाधारणहरुले सुशील दाइ जिन्दावादको नारा लगाइरहेका छन् ।

आर्यघाट स्वर्गीय कोइरालाका शुभेच्छुकहरुले खचाखच भरिएको छ । कोइरालाको अन्तिम विदाइमा सहभागी हुन कांग्रेसका वरिष्ठ नेता-कार्यकर्ता, अन्य राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, सांसदहरु, सुरक्षाकर्मीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, आफन्तजन, पेशा व्यवसायी र सर्बसाधारण सहभागी छन् ।

कोइरालाको पार्थिव शरीरलाई शवयात्रासहित आर्यघाट पुर्‍याइएको हो । दशरथ रंगशालाबाट सुरु भएको शवयात्रा थापाथली, कमलपोखरी, मैतीदेबी, गौशाला हुँदै आर्यघाट पुगेको थियो । शवयात्रामा सहभागीहरुले कोइरालाको तस्बिर अंकित प्लेकार्ड बोकेका थिए ।

गत सोमबार राति १२ः५० मा कोइरालाको महाराजगञ्जस्थित निवासमै आकस्मिक निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment