Comments Add Comment

अर्को विश्वकपमा सोझै छनोट हुन नेपालले नामिबियालाई हराउनै पर्ने

Nepal-u-19-team

२७ माघ, काठमाडौं । बंगलादेशमा जारी यू-१९ विश्वकप क्रिकेटको सुपरलिग प्लेअफको तेस्रो स्थानको लागि नेपाल र नामिवियाबीच प्रतिस्पर्धा हुने भएको छ ।

बुधबार भएको सुपरलिग प्लेअफ सेमिफाइनलमा नामिबिया इंग्ल्याण्डसँग २०३ रनले पराजित भएको छ । यससँगै नेपालले नामिबिया प्रतिद्वन्द्वी पाएको छ ।

अब सन् २०१८ मा हुने विश्वकपको अर्को संस्करणमा सोझै छनौट हुन नेपालले भोलि हुने खेलमा नामिवियालाई हराउनै पर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले यो संस्करणमा शीर्ष स्थानमा रहने एसोसिएट टीमले अर्को विश्वकपमा साझै स्थान बनाउने निर्णय गरेको थियो । यो पटक नेपाल र नामिबिया क्वार्टरफाइनलमा पुगेका थिए ।

अब सुपरलिग प्लेअफको तेस्रो स्थानको लागि नेपाल र नामिविया भिड्ने भएपछि यो खेलको विजेताले नै अर्को विश्वकपमा स्थान बनाउनेछ ।

के हो सुपरलिग प्ले अफ ?

विश्वकपका शीर्ष आठ टोलीबीचको क्वाटरफाईनल खेलमा पराजित भएका चार टोलीहरु सुपर लिग प्ले अफ तर्फ खेल्नेछन् ।

नेपालले सोमबार पाकिस्तानसँग पराजय व्यहोरेको त्यही प्लेफ सेमिफाइनलमा हो । सुपर लिग प्ले अफ बिश्वकपको पाँचौं, छैटौं, सातौं र आठौं स्थानको लागि हुन्छ ।

पाँचौं स्थानको लागि भएको स्पर्धामा पाकिस्तानसँग पराजित भएको नेपालले सातौं स्थानको लागि नामिवियासँग भोलि प्रतिस्पर्धा गर्नेछ । त्यस खेलमा जित हात पारेमा नेपालले विश्वकपको सातौं स्थान हात पार्नेछ भने अर्को विश्वकपका लागि सोझै छनौट पनि हुनेछ ।

भोलिको खेलमा नेपालले नामिवियाबिरुद्ध जित हात पारेमा यू-१९ विश्वकपमा नेपालले अहिलेसम्मको ठुलो सफलता हुनेछ । यसअघि सन् २००० मा विश्वकप क्वाटरफाइनलमा पुगेको नेपाल प्रतियोगितामा आठौं भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment