Comments Add Comment

दक्षिण कोरियामा पोखरेलीहरुले बृहत भेला सम्पन्न

kaski-samaj-south-korea

सिअाेल । अध्ययन तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा बसोबास गरिरहेका कास्की जिल्लावासीहरुले बिभिन्न कार्यक्रम गरि कोरियाको नयाँबर्ष (सलनाल) मनाएका छन् ।

“संगठित समुहनै प्रदेशको साहारा हो” भन्ने मुल नाराका साथ सन् २००८ मा स्थापना भएको यस कास्की परिवारले कोरियन नयाँ बर्ष सलनालको अबसर पारेर बृहत् भेला तथा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

फेब्रुअरी ७ मा नेपाल हाउसमा बृहत् कस्केली भेला तथा चियापान कार्यक्रमको आयोजना गरिएको थियो । त्यस कार्यक्रममा कोरियाबासि कस्केलिहरूको तथ्याङ्क संकलनको कामलाई पनि अगाडि बढाएको छ ।

संथाका अध्यक्ष खोम प्रसाद गुरूङको सभापतित्व, सल्लाहाकार सुरज गुरूङको प्रमुख आथित्यता, र विशेष अतिथिहरू वरिष्ठ सल्लाहाकार नवीन गुरूङ, एनआरएनए उपाध्यक्ष लक्ष्मी गुरूङ, समाजसेवीहरु चुडामणि अधिकारी, भक्त सेरचन, गुप्त गुरूङ लगायतको उपस्थिति थियो ।

उक्त भेलामा कास्की जिल्ला बाट दक्षिण कोरिया आई विभिन्न संध संस्थाको जिम्मेवारपुर्ण पदमा पुगेर सामाजिक क्षेत्रमा पहिचान बनाउनुहुने ब्यक्तित्वहरूलाई सम्मान गरेको संथाका सचिब पुष्पराज तिमल्सिनाले बताउनु भयो ।

उक्त भेलाको अवसरमा कास्केली लोक पारखी लक्ष्मी भण्डारी, देवदास पोख्रेल, कृष्ण बास्तोला, बलराम भण्डारी , रमिला गौतम लगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।

त्यस्तै फेब्रुअरी ८ मा पोखराको चर्चित सांगितिक समुह “कन्दरा” का संगितकर्मीहरूलाई तोङ्देमुन स्थित पुजा रेष्टुरेन्टमा विशेष सम्मान तथा शुभकामनाका साथमा रात्रीभोजको पनि आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment