Comments Add Comment

माघ २७ सुशीललाई अचम्मको संयोग

Sushil Koirala all bida (4)

२७ माघ, काठमाडौं । पटक-पटक प्राप्त लाभको पदलाई अस्वीकार गरी पार्टीभित्रकै भूमिकामा रमाएका सादगी नेता सुशील कोइरालाका लागि माघ २७ गते अचम्मको संयोग परेको छ । कोइराला जुन दिन प्रधानमन्त्री निर्वाचित भएका थिए, दुई वर्षपछिको त्यहि दिन उनको अन्त्येष्टि गरिएको छ ।

दोस्रो ठूलो दल नेकपा एमालेको सहयोगमा कोइराला २०७० सालको माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यसको दुई बर्षपछि उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री निर्वाचित भएको माघ २७ का दिन कोइरालाको भौतिक शरीर कहिल्यै देख्न नसक्ने गरी मेटिएको छ ।

प्रधानमन्त्री निर्वाचित भएको उपलक्ष्यमा सबैले वधाइ दिए । कोइराला खादा र मालाले भरिए । तर, कस्तो संयोग, प्रधानमन्त्री भएको २ वर्षपछिको माघ २७ गते पनि कोइरालाको शरीरमा फेरि माला नै माला परे यद्यपी उनले यसको अनुभूति गर्न पाएनन् ।

दई वर्ष अघि प्रधानमन्त्रीमा निर्बाचित हुँदा कोइराला उँभिएका थिए । तर, यतिबेला कोइराला कहिल्यै नउठ्ने गरी चिर निद्रामा हराएका छन् । प्रधानमन्त्री निर्बाचित हुँदा सीमित व्यक्तिहरुले माला पहिर्‍याइदिए पनि अहिले उनीप्रति पुष्पगुच्छा चढाउनेहरु असीमित छन् र अत्यन्तै दुःखी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment