Comments Add Comment

राज्यलाई झुकाएरै छाड्छौंः महन्थ ठाकुर

२७ माघ, विराटनगर । मधेसी मोर्चाका नेता एवं तमलोपाका अध्यक्ष महन्थ ठाकुरले मधेसमाथिको विदेभ अन्त्य नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

Mahantha-thakurराज्यले भाषा, रंग र भेषका आधारमा मधेसमाथि विभेद गरेको उनको आरोप छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै तमलोपा अध्यक्ष ठाकुरले भने-‘अहिले आन्दोलन रोकिएको छैन, स्वरुप मात्र परिर्वतन भएको हो ।’

विभेद अन्त्य नहुँदासम्म आन्दोलन गर्ने भन्दै उनले राज्यलाई झुकाएरै छाड्ने बताए ।

तमलोपा अध्यक्ष ठाकुरले सीमांकन आफूहरुको मुख्य माग भएको बताए । यसबारे कार्यदल स्तरमा समेत सहमति खोज्न सकिने उनको भनाइ थियो ।

सञ्चारकर्मीको प्रश्नमा नेता ठाकुरले मधेसी मोर्चाको विधान विपरितको गतिविधि गरेकाले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई सचेत गराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment