Comments Add Comment

टी-ट्वान्टी विश्वकपमा पाकिस्तानी टोलीमा चार नयाँ अनुहार

२७ माघ, काठमाडौं । आगामी मार्च ८ देखि भारतमा हुने ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको लागि पाकिस्तानी टोलीमा चारजना नयाँ अनुहार समेटिएको छ ।

pakistani-team

बुधबार सार्वजनिक गरिएको टोलीमा दुई ब्याट्सम्यान, एक फास्ट बलर र एक अलराउण्डरलाई पहिलो पटक राष्ट्रिय टोलीमा सहभागी गराइएको छ ।

राष्ट्रिय टोलीमा समावेश भएकाहरुमा ब्याट्सम्यानहरु खुर्रम मञ्जुर, बाबर अजम छन । त्यस्तै सिमर रुम्मान रइज र अलराउण्डर मोहम्मद नावाज टोलीमा परेका छन् ।

पाकिस्तानी टोलीबाट नियमित ओपनर मोहम्मद शाहजाद बाहिरिएका छन् भने म्याच फिक्सिङमा दोषि पाइएपछि पाँच बर्षको प्रतिबन्ध पुरा गरि मोहम्मद आमिरले बिश्वकपका लागि राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

टोलीको नेतृत्व अनुभवी स्टार खेलाडी शाहिद अफ्रीदीलाई दिइएको छ ।  टोलीमा पूर्व कप्तान मोहम्मद हफिज, शोएब मल्लिक, उमर अक्मल, सर्फराज अहमद, वाहव रियाज, इफि्तकर अहमद र इमाद वासिम छन् ।
तस्वीरः क्रिकइन्फो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment