Comments Add Comment

आइएमई पनि विद्युतीय भुक्तानी प्रणालीमा

nch-n-ime
२७ माघ, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड र  रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेेेेलले हस्ताक्षर गरे ।

सम्झौता अनुसार क्लियरिङ हाउसले आइएमईलाई अप्रत्यक्ष  सदस्यका रुपमा अन्तर बैंक विद्युतीय भुक्तानी सेवाका लागि प्रणाली दिनेछ ।

रेमिट्यान्स कम्पनीले प्रणालीमा आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाका कुनै पनि खातामा सिधा भुक्तानी दिन रेमिटेन्स र ग्राहकको रकम स्थानान्तरण लगायतका कारोबार सञ्चालन गर्न सक्नेछन् ।

प्रणाली मार्फतहुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबार सहजै गर्न सकिने, जोखिम न्यून हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु ग्राहकले पाउनेछन् ।  प्रणालीमा ५ बैंक तथा वित्तीय संस्था र २ रेमिट कम्पनी आवद्ध भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment