Comments Add Comment

गौरिकाले जितिन् एेतिहासिक रजत, व्यक्तिगत पदक ४ पुग्यो

Gaurika-sing

२७ माघ, काठमाडौं । भारतमा जारी १२औं दक्षिण एशियाली खेलकुद (साग) को पौडीमा नेपालकी गौरिका सिंहले एेतिहासिक रजत पदक जितेकी छन् ।

बुधबार भएको २०० मिटर इन्डिभ्यूजल मिड्लेको फाईनल स्पर्धामा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दे गौरिकाले रजत जितेकी हुन् । सागको ३२ वर्ष लामो इतिहासमा नेपालले पौडीमा स्वर्ण जितेको यो पहिलो पटक हो ।

उनले २०० मिटरको निर्धारित दूरी उनले २ मिनेट ३३.२६ सेकेण्डमा पुरा गरिन् । यसअघि यस विधामा उनको नाममा २ मिनेट ३८.१७ को टाइमिङसहितको कीर्तिमान थियाे ।

यस स्पर्धामा भारतकी श्रद्धा सुधीरले २ मिनेट ३१.१८ मा दूरी पुरा गर्दै स्वर्ण जितिन् । बुधबारको रजतसँगै सागमा गौरिकाको व्यक्तिगत पदक चार पुगेको छ ।

१३ बर्षीया गौरिकाको सागमा यो पहिलो सहभागिता हो र उनले १०० मिटर र ५० मिटर ब्याकस्ट्रोक तथा ४०० मिटर फ्रीस्टाइलमा काश्य जितिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment