Comments Add Comment

सामसुङ ग्यालेक्सी ए सेभन र ए फाइभको नयाँ संस्करण आयो

galaxy-a7-new

२७, माघ काठमाडौं । स्मार्टफोन उत्पादक सामसुङले बहुप्रतीक्षित ‘ग्यालेक्सी ए सेभन’ र ‘ग्यालेक्सी ए फाइभ’ बजारमा ल्याएको छ ।

मेटालिक डिजाइन र नयाँ प्रविधिमा आधारित ग्लास भएका यी मोवाईल २०१६ को संस्करण हो ।  गत बिहीबार मलेसियाको क्वालालम्पुरमा नयाँ फोनहरु सार्वजनिक गरिएको छ ।

ग्यालेक्सी ए सेभन र ग्यालेक्सी ए फाइभमा मेटालिक डिजाईन र नयाँ प्रविधिमा आधारित ग्लासको नौलो र आधुनिक मिश्रणबाट बनेका सेट हुन् ।

यी मोबाइलमा १३ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । मल्टि टाक्सकिङको सहजता र लामो समयसम्म ब्याट्री टिकाउनका लागि ए सेभनमा ३ हजार ३ सय  र ए फाइभमा २ हजार ९ सयको शक्तिशाली ब्याट्री जडान गरिएको छ ।

नविनतम प्रविधि र स्टाइललाई ध्यानमा राखी युवा पुस्ताको रोजाइअनुसार नयाँ र अत्याधुनिक फोन बजारमा ल्याएको सामसङ इन्डिया इलेक्ट्रोनिक्स अन्तर्गत मोबाइल बिजनेसका निर्देशक मनु शर्माले बताए ।

galaxy-a5-new
ओक्टा कोर प्रोसेसर भएका यी मोवाइलमा सहज र छिटो तरिकाले मल्टि टाक्सकिङ गर्न सकिन्छ ।  फोनहरुमा  छिटो डाउनलोडका लागि क्याट सिक्स नेटवर्क र सुरक्षाको लागि फिङ्गर पि्रन्ट सेन्सर छ भने निकै छोटो समयमा चार्ज हुने ब्याट्री राखिएको छ ।

भारतीय  बजारमा ग्यालेक्सी ए सेभनको ३३ हजार ४ सय र ग्यालेक्सी ए फाईभको मुल्य २९ हजार ४ सय रुपैयाँ तोकिएको छ।

दुबै सेग्मेन्टका स्मार्ट फोन गोल्ड, ब्ल्याक र हृवाइट गरी तीन कलरमा उपलब्ध हुने छन् । नेपाली बजारमा पनि यी दुई सिरिजका मोबाइल फोन छिटै सार्वजनिक गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment