Comments Add Comment

शिवमले दियो मिस्त्रीलाई तालिम र दुर्घटना बीमाको सुविधा

Shivam Cement Logo२७ माघ, काठमाडौं । शिवम् सिमेन्ट प्रालिले मजबुत निर्माणमा गुणस्तरीय सिमेन्टको भुमिका सम्बन्धी सचेतनामुलक कार्यशाला गोष्ठी गरेको छ ।

पहिलो चरणमा काठमाडौंको कंलकी र दोस्रो चरणमा भक्तपुरको लोकन्थलीमा कार्यशाला भएका हुन् ।

भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्ने तरिका र प्रविधिबारे जानकारी दिन कार्यक्रम गरिएको हो ।

निर्माण मजदुरलाई बलियो संरचना निर्माणका लागि गुणस्तरीय निर्माण सामग्री छान्ने तरिका सिकाइएको छ ।

कार्यक्रममा सहभागी मेशन, मिस्त्री र कालीगढहरुलाई शिवमले २ लाख बराबरको दुर्घटना बीमा पनि गराएको छ ।

काग गर्ने सिलसिलामा कामदारलाई चोटपटक लाग्ने, अङ्गभङ्ग हुने र ज्यान समेत जान सक्ने सम्भावना भएकाले बीमा सेवा दिनु स्वागतयोग्य भएको सहभागीहरुले बताए ।

गोष्ठीमा उद्योगका बिक्री प्रबन्धक निखिल अग्रवालले सिमेन्टको गुणस्तरमा कहिल्यै सम्झौता नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment