Comments Add Comment

नङ्शलदेवी कांस्यमा सीमित

सन्देश श्रेष्ठ

२७ माघ, सिलोङ । नेपालकी नङ्शल तामाङ सागअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा बुधबार कांस्यमा सिमित भएकी छिन् ।

सिलोङमा भएको खेलमा नङ्शल सेमिफाइनलमा भारतकी रुबिकासंग सोझो सेटमा २१–१२ र २१–७ ले पराजित भएपछि कांस्यमा सीमित भएकी हुन् ।

अघिल्लो दिन सम्पन्न क्वाटरफाइनलमा नङ्शलले बंगलादेशकी रहनालाई २१–१० र २१–१३ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएकी थिइन् ।

सागमा ब्याडमिन्टनको यो दोश्रो व्यक्तिगत पदक हो । श्रीलंकामा भएको सागको १० औं संस्करणमा सुमिना श्रेष्ठले कांस्य जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment