Comments Add Comment

पाँचथरमा सरकारी गाडीको दुरुपयोग बढ्दो, ४ गाडी नियन्त्रणमा

Sarkari-gadi-missuse-at-Panchthar

नरेन्द्र रिमाल

२७ माघ, फिदिम । पाँचथरमा सरकारी सवारी साधनको दुरुपयोग बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कडाई गर्न थालेको छ ।

हालसम्म सरकारी कार्यालयका चारवटा गाडी जिल्ला ट्राफिकले नियन्त्रणमा लिइसकेको छ । तर, यसरी नियन्त्रणमा लिइँदा हाकिमहरु भन्दा तल्ला तहका कर्मचारीहरु मात्रै परेका छन् ।

जिल्ला बिकास समिति पाँचथरका नायबसुब्बा रामकुमार देवान सहरी बिकास कार्यालयका कार्यालय सहयोगी शिव घिमिरे र जिल्ला स्वास्थ्यकै रामकुमार श्रेष्ठले दुरुपयोग गरेको सरकारी गाडी ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएको छ । यसअघि जिल्ला स्वास्थ्य कार्यालयका कुलबहादुर थापा चढेको गाडीलाई पनि शनिबारे बजारमा तरकारी किन्न जाँदा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विना अनुमति सार्बजनिक विदाको दिन सरकारी सवारी साधनहरु सन्चालन गरेकाले नियन्त्रणमा लिन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख उत्तम भण्डारीले जानकारी दिए ।

‘सरकारी कार्यालयका कर्मचारीहरुले २ चक्के तथा ४ चक्के सवारी साधनहरु बिना पास चलाउँदै दुरुपयोग गर्न थालेपछि नियन्त्रणमा लिन थालेका हौं,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख भण्डारीले भने ।

हचुवामा सन्चालन अनुमति

ट्राफिक प्रहरीका अनुसार सार्बजनिक विदाको दिन र कार्यालय समयभन्दा बाहिर निजी प्रयोजनमा समेत सरकारी गाडीको प्रयोग भैरहेको छ । कार्यालय प्रयोजन बाहेकका काममा सरकारी गाडीहरु प्रयोग गर्नुपर्ने अबस्था आए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ ।

तर, जिल्ला प्रशासन कार्यालयले हचुवाको तालमा सवारी साधन सन्चालनको पास दिन थालेपछि भने ट्राफिक प्रहरी समस्यामा परेका छन् ।

‘कतिपय सरकारी गाडी विना पास सन्चालन भैरहेका छन्,’ भण्डारीले भने, ‘जिल्ला प्रशासनले पनि कामको प्रकृति हेरेर सार्बजनिक सवारी साधन सन्चालन गर्ने अनुमति दिनुपर्ने भएपनि हचुवाको तालमा एक महिनासम्मको पास दिने गर्दा समस्या भएको छ ।’

बिना अनुमति सन्चालनमा आएका गाडीहरु नियन्त्रणमा लिए पनि सोर्सफोर्स लगाएर तुरुन्तै छोड्न दबाब आउने गरेको ट्राफिक प्रहरीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment