Comments Add Comment

जियोनिको ‘एम फाइभ लाइट फोन’ नेपाल भित्रियो

Pic M5 Lite२७ माघ, काठमाडौं । जियोनिले ठूलो ब्याट्री रहने म्याराथन सिरिजको सबै भन्दा नयाँ फोन ‘एम फाइभ लाइट’ नेपालमा ल्याएको छ । एम फाइभ लाइटमा पूर्ण मेटालिक, अल्ट्रा स्लिम युनिबडीमा ५ इन्चको एचडि स्क्रीन रहेको छ ।

फोनमा ८ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र १.३ गिगाहर्जको क्वाड-कोर प्रोसेसर रहेको कम्पनीले जनाएको छ । नेपाली उपभोक्ताले यो फोन किन्न १९ हजार ९ सय ९९ को रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

चार हजार एम ए एच को ब्याट्री यो फोनको सर्वाधिक आकर्षण भएको कम्पनीको दाबी छ । जुन साधारण फोन ब्याट्रीभन्दा दुई गुना बढी क्षमताको हो । ३ जीबी र्‍याम र ३२ जीबी रोम (कार्डबाट १२८ जी बि थप्न सकिने)  छ ।

फोनमा जियोनिको आˆनै सˆटवेर अमिगो ३.१ छ जुन एन्ड्रोइड ५.१ मा आधारित छ । एम फाइभ लाइटले एकै समयमा रिभर्स ओ टि जी प्रविधि मार्फत दुई अन्य फोन चार्ज गर्न सक्दछ । एम फाइभ लाइट ‘श्याम्पेन गोल्डेन’ रंगमा उपलब्ध छ ।

जियोनिले एम फाइभ लाइटमा सिल्भर कोइन अफर पनि सञ्चालन गरिरहेको छ, जसअन्तर्गत ग्राहकहरुले माघ २८ गते देखि फागुन ५ गतेसम्म एम फाइभ लाइट फोनको खरिदमा एउटा आकर्षक चाँदीको सिक्का निस्शुल्क प्राप्त गर्नसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment