Comments Add Comment

पोर्चुगलमा नेपाली युवाको मृत्यु

Dilli-Raj-Paudel

बसन्त रानाभाट 

बार्सिलोना । बागलुङ भिमपोखरा गाबिस बडा नम्बर ६ स्थायी घर भएका ३४ बर्षीय डिल्लीराज पौडेल (डोलेन्द्र) को पोर्तुगलमा उपचारको क्रममा मृत्यु भएको छ। ज्वरो बढेपछि अस्पताल पुगेका पौडेलको १ महिनाको उपचारपछि गत आइतबार मृत्यु भएको हो ।

पौडेललाई लिस्बनस्थित ३ बटा छुट्टाछुट्टै अस्पतालमा १ महिना लामो उपचार गरिएको थियो । सन् २००७ देखि पोर्तुगलमा बस्दै आएका पौडेलले २ बर्ष अघि मात्र यहाँको रेसीडेन्सी कार्ड बनाएका थिए ।

६ महिना अघि मात्र पौडेलले श्रीमतीलाई पनि पोर्तुगल बोलाएर सँगै बस्दै आएका थिए । परिबारमा पौडेलकी आमा, ४ जना दाजुभाइ र २ जना दिदी बहिनी छन् ।

पौडेलको एक्कासी कसरी भयो मृत्यु ?

भाइलाई अल्पआयुमा नै यस्तो होला भनेर कस्ले सोचेको थियो होला र ? जे नहुनु थियो, पोर्तुगलमा नै रहेका पौडेलका दाजु दुर्गा पौडेलले अनलाइनखबरलाई भने, ‘ज्वरो बढेपछि साउ जोजे अस्पतालमा भर्ना गरियो, निमोनिया देखिएपछि अर्को कापुस अस्पतालमा रिफर गर्दियो । फेरि केहि दिन पछि मुटुमा ईन्ड़ो कार्डीटिस देखियो, फेरि मुटु रोगका लागि बिशेष अस्पताल शान्ता मार्तामा भाईको ट्रासफर भयो ।’

उपाचारकै क्रममा टाउकोमा रगतको सर्कुलेसन बन्द भएपछि पुन: साउ जोजे अस्पतालमा लगेर टाउकोको अप्रेशन गरेको मृतकका दाजु दुर्गा बताउँछन् । घटनाबारे जानकारी दिँदै उनले थपे, ‘भेन्टिलेटरमा झन्डै २ हप्ता सीसीयु कक्षमा उपचार भयो, घाँटीमा प्वाल पारेर स्वासप्रस्वास दिँदै ३ रात जति आईसीयुमा राखियो र पुन: शान्ता मार्ता अस्पतालमा सारियो तर भाइको स्वास्थ्यमा सुधार आएन ।’

अन्तत: जनवरी ६ तारिक अस्पताल पुगेका पौडलको एक महिनाको उपचारपछि फ्रेबअरी ७ तारिकमा मृत्यु भएको उनी बताउँछन् ।

मृत्यु घोषणापछि पौडेलको शवलाई साँओ जोसे अस्पतालमा (मार्तिम-मोनिज) सारिएको थियो।

पौडेलको निधनले शोकमा

अल्पआयुमा नै ज्यान गुमाएका पौडेको निधनले पोर्तुगलबासी नेपालीहरु शोकमा डुबेका छन् । समाजसेबी एबम पोर्तुगलका सफल ब्यबसायी पूर्ण हमालले भने, ‘आफ्नै गाउँले आफन्त भाइको निधनले सबैलाई दु:खी बनाएको छ । दैबको लिला टरेन, भाइको आत्माले शान्ति पाओस् ।’

पौडेलका दाजु दुर्गा भन्छन्, ‘भाइ लामो समयसम्म सँगै बस्यो, सम्झनाका पलहरु धेरै छन्, गाउँमा पनि सँगै हुर्कियौं । हाम्रा बाबाहरु दाजुभाइ थिए, तर हामी त त्योभन्दा पनि नजिक भएर हुर्कियौं । भाइलाई गुमाउँदा आज गहिरो चोट र पीडामा छु ।’

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष भीम केसी ‘कमल’ले असामयिक निधनको खबरले स्तब्ध र मर्माहत भएको जनाएका छन् । केसीले बिज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना सहित श्रद्धान्जली ब्यक्त गरेका छन् ।

पौडेलकी श्रीमती तथा आफन्तहरु पनि यतै रहेकाले बुधबार पोर्तुगलमा नै अन्तेष्टि गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment