Comments Add Comment

छिमेकीले नै हत्या गरेका रहेछन् सात वर्षका आकाशको

Aakash-tharu-murder

आरपी सुवेदी

२७ माघ, नेपालगञ्ज । बाँके कोहलपुर-९ झण्डहवाका रामशंकर थारुको ७ वर्षीय छोरा आकाशको अपहरणपछि हत्या भएको छ ।

हत्याको अभियोगमा रामशंकरका छिमेकी घनश्याम चमार पक्राउ परेका छन् । र, उनले अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ ।

मृतक आकाश २४ गतेदेखि घरबाटै बेपत्ता भएका थिए । बुधबार विहान मात्र घरदेखि ४० मिटरको दुरीमा रहेको परालको कुन्यूमा चामलको बोरामा बाँधेर राखेको अवस्थामा उनको शव प्रहरीले भेटेको छ ।

प्रहरी प्रमुख पन्तले आकाशको हत्या गरेको अभियोगमा चमारलाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्त पन्तले बताए । घटना अन्यको पनि सहयोग हुनसक्ने भन्दै प्रहरीले थप ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार रामशंकर थारु र घनश्याम चमार छिमेकी हुन् र उनीहरुबीचमा बेला बेला भनाभन र झगडा हुने गरेको पाइएको छ । उनीहरुबीचमा जग्गाको सिमाना तथा पानीको धारोको लागि पनि झगडा हुँदै आएको स्थानीय सोना चौधरीले बताइन ।

घनश्यामले त्यही झगडाको बदला लिन छिमेकीका सात वर्षका छोरालाई हत्या गरेको प्रहरीको निष्कर्ष छ । प्रहरीका अनुसार आकाशलाई २४ गते दिउँसो घरमा कोही नभएको मौका पारेर चमारले अपहरण गरी नजिकैको अडहरबारीमा लगेर हत्या गरेका थिए ।

हत्यापछि आकाशको शव बोरामा हालेर लुकाए । ‘आकाशको घाँटी थिचेर हत्या गरी पुनः घाँटी रेटिएको अनुसन्धानमा पाएका छौ’- बाँके प्रहरी प्रमुख पन्तले भने ।

इलाका प्रहरीको कार्यालय कोहलपुरको टोलीले शवको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ ।

आकाशका बुबा र आमा कोहलपुर क्षेत्रमा ज्याला मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएका थिए । हत्या गरिएका बालक स्थानीय जनज्योती प्राथामिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment