Comments Add Comment

युएईको सारजहा जेलमा भेटिए ६ जना नेपाली

आरपी सहयात्री

दुबई । बैदेशिक रोजगारीका लागि संयुक्त अरब इमरेट्स आएका ६ जना नेपाली सारजहास्थित जेलमा बन्दी जीवत बिताइरहेको अबस्थामा भेटिएका छन् ।

NRNA-uaeएनआरएन यूएईको उद्धार टोलीले फेबु्रवरी १० तारिख सारजाको जेल भ्रमण गर्दा नेपाली युवाहरु जेलमा रहेको भेटिएको हो ।

एनआरएन अध्यक्ष सुदीप कार्की, उपाध्यक्ष रमेश श्रेष्ठ र महिला संयोजक कल्पना राईको टोलीले नेपाली दूताबासको अनुमतिमा जेल भ्रमणमा गएको थियो ।

यीमध्ये ४ जना महिला र २ पुरुष रहेको भ्रमण टोलीमा संलग्न एनआरएन उपाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

हत्या आरोपमा जेल जीवन बिताइरहेका नेपाली पनि भ्रमणको क्रममा फेला परेका हुन् । पार्कमा रक्सी खाएर बसेको अभियोगमा एक जना, दुर्घटनाका कारण अर्को एकजना जेलमा परेको पाइएको छ । बाँकी तीन जना नेपाली भने बिना भिसा अवैधानिक रुपमा रहेको पाइएको छ ।

दुर्घटनाको मामिलामा चैतुङ तनहुँका योगी थरका पुरुष कैदी तीन महिनाको लागि जेल परेको एक साता भएको जानकारी पाइएको छ । त्यसरी नै नारायणघाटका तिवारी थरका नेपाली एक महिनाका लागि जेल परेको ४ दिन भएको बुझिएको छ ।

त्यसरी नै थापा थर भएकी बुटवलकी ४३ वषिर्या नेपाली महिला १० वर्षे सजायँ पाउँदै जेल परेको २ वर्ष ८ महिना बितिसकेको बुभिएको छ । रोल्पाका सार्की थरका नेपाली अवैधानिक रुपमा यूएई बसेको कसुरका आधारमा एक महिने जेल सजाय भोगेको ११ दिन भएको पाइएको छ ।

त्यसैगरी चितवनकी अधिकारी थरकी एक महिला बिना भिसा यूएई बसेको आरोपमा विगत ५ महिनादेखि जेलमा रहेकी छिन् । साथै झापाका भुजेल थरका एक पुरुष अवैधानिक रुपमा सारजहामा बसेको आरोपमा विगत अढाई महिनादेखि सारजहाको जेलमा रहेको एनआरएनको रेस्क्यू टोलीले पत्ता लगाएको छ ।

अवैधानिक रुपमा बसेका दुई जनालाई एनआरएन यूएईले हवाइ टिकट उपलब्ध गराउने अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।

एनआरएन यूएईले फब्रुवरी महिनालाई जनचेतना अभिबृद्धि महिनाको रुपमा साप्ताहिक रुपमा विभिन्न इमिरेटसमा कार्यक्रम गरिरहेको छ । आफ्नो कार्यक्रमबारे जेल प्रसाशनलाई जानकारी दिँदा प्रशासनबाट नेपालीहरुको कार्यक्रमको उच्च प्रसंशा गर्दै अन्य मुलुकका बासिन्दाभन्दा नेपालीहरु अपराधिक क्रियाकलापमा कम संलग्न रहेको जानकारी दिएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment