Comments Add Comment

उत्तर कोरियाका सेना प्रमुखलाई मृत्युदण्ड !

kim-jong-un-and-ri-yong

२७ माघ, काठमाडौं । उत्तर कोरियाका सेना प्रमुखलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्डको सजाय दिइएको दक्षिण कोरियाको सरकारी समाचार एजेन्सीले बताएको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भएको छैन ।

समाचार एजेन्सी योनहेपले स्रोतलाई हवाला दिएर जनरल रि योग गिललाई भ्रष्टाचार र निजी फाइदाका लागि काम गरेकोमा दोषी ठहर गरिएको उल्लेख गरेको छ ।

जनरल रि सन् २०१३ मा उत्तर कोरियाका प्रमुख किम जोङ उनको नेतृत्वमा रहेको कोरियल पिपुल्स आर्मीको प्रमुखमा नियुक्त भएका थिए ।

२०११ मा किम जोङ उन सत्तामा आएपछि ७० भदा बढी अधिकारीलाई मृत्युदण्ड दिइएको दक्षिण कोरिया सरकारको अनुमान छ । जसमा उनका आफ्नै प्रमुख सल्लाहकार समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment