Comments Add Comment

बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउने, नेपालीको अबसर गुम्दै

Bangladesh-workers

काठमाण्डौ । बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउन स्वीकृति दिएको छ । बंगलादेशी मन्त्रिपरिषद्ले १५ लाख कामदार पठाउने बिषयमा मलेसियासँग हुन लागेको समझदारीपत्रलाई स्वीकृति प्रदान गरेको न्यू स्ट्रेट टाइम्सले जनाएको छ ।

यो समझदारीमा दुवै देशवीच एक महिनाभित्र हस्ताक्षर हुने अपेक्षा गरिएको छ । बंगलादेशले यी कामदार ‘जीटुजी प्लस’ प्रणाली अर्न्तगत पठाउने बंगलादेश मन्त्रिपरिषद्का सचिव मोहम्मद साफिउलले जनाएका छन् । यसअघि बंगलादेशले म्यानपावर मार्फत् र सरकारमार्फत् पठाउन बेग्लाबेग्लै कोसिस गरेपनि सफल हुन नसकेपछि नयाँ प्रणालीको विकाश गरिएको हो ।

यो प्रणाली अन्र्तगत बंगलादेशी कामदार ३४ हजारदेखि ३७ हजार टाँका अर्थात् करिव ५० हजार रुपैयाँको हाराहारीमा मलेसिया जान पाउनेछन् । अब बंगलादेशी कामदार सेवा, उत्पादन र निर्माण क्षेत्रमा समेत जान पाउनेछन् ।

मलेसियाले सन् २००९ यता बंगलादेशी कामदार लिन कडाई गरेको थियो । केही समययता प्लान्टेसन क्षेत्रमा बंगली कामदार लिन खुला गरिएको भए पनि कार्यन्वनय हुन सकेको थिएन् ।

मलेसियाले बंगाली कामदार लिन बन्द गरेपछि त्यसको लाभ नेपाली कामदारलाई भएको थियो । तर, नेपालले फि्र भिसा र फि्र टिकट नभएसम्म नेपाली कामदारलाई मलेसिया नपठाउने निर्णय गरेपछि केही महिना पहिले मलेसिया सरकारले बंगलादेशबाट १५ लाख कामदार भित्राउने निर्णय गरेको थियो ।

पछिल्लो समयमा रिंगेटको भाउ घट्दै जान थालेपछि मलेसियाबाट प्राप्त मागमा जाने नेपाली कामदारको अभाव देखिएको छ ।

ठूलो संख्यामा बंगलादेशी कामदार मलेसिया जाने भएपछि नेपालीले पाउँदै अबसर खोसिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment