Comments Add Comment

चीनबाट इन्टरनेट भित्र्याउँदै टेलिकम, भारतको एकाधिकार अन्त्य हुने

internet-exp२८ माघ काठमाडौं । इन्टरनेट सेवाको पहुँच सहज, भरपर्दोर् तथा सस्तो बनाउन मुलुककै ठूलो दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मित्रराष्ट्र चीनबाट अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याउन लागेको छ ।

हाल भारततर्फबाट मात्र जोड्न मिल्ने गरी अप्टिकल फइबर सञ्चालनमा रहेकोमा अबको करीब १ महीनासम्ममा चीनतर्फबाट पनि ब्याण्डविथ भित्रिने भएको आजको अभियान दैनिकमा समाचार छ । यससँगै टेलिकम उत्तरतिरबाट ब्याण्डविथ भित्र्याउने नेपालका लागि पहिलो सोवाप्रदायक बन्ने छ ।

टेलिकमले चीनतर्फबत्राट ब्याण्डविथ भित्र्याउन अप्टिकल फाइबर जडानको कार्य सम्पन्न गरिसकेको छ । चीनतर्फको फइबर जडानको कार्य सञ्चालनमा आएपछि नेपालका लागि भारतमाथि मात्रै रहेको हालको निर्भरता अन्त्यहुने टेलिकमले जनाएको छ ।

टेलिकमले उत्तरतर्फको इन्टरनेट सेवा सञ्चचालनमा आएपछि टेलिकमको इन्टरनेट सेवाको गुणस्तरमा थप सुधार आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment