Comments Add Comment

भक्तपुरको तरकारीमा अत्यधिक विषादि !

tarkari२८ माघ, काठमाडौं । भक्तपुरका किसानले व्यवसायिक  तरकारी खेतीमा सर्वाधिक विषादि प्रयोग गर्ने गरेको पाइएको छ ।

बजारमा बिक्री गर्न लगाइएका तरकारीमा यहाँका किसानले विषादी प्रयोग गर्ने गरेका आजको अन्नपूर्णमा समाचार छ । जिल्ला कृषि विकास कार्यालय भक्तपुरका अनुसारमा भक्तपुरमा प्रयोग हुने विषादिमध्ये ८५ प्रतिशत तरकारी खेतीमा प्रयोग हुने गरेको छ ।

भक्तपुरमा उत्पादन भएको तरकारीको ९०प्रतिशतभन्दा बढी काठमाडौंमा बिक्री हुँदै आएको छ । कार्यालायकी प्रमुख पूर्ण ढुंगानाले व्यवसायिक तरकारीमा ८५ र बाँकी आलू, धान गहुँलगायतमा प्रयोग हुने बताइन् ।

उनले रासायनिक विषादिले जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भएकाले यसको प्रयोग न्यूनीकरण अभियान नै थाले पनि उल्लेखनिय उपलव्धि नभएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment