Comments Add Comment

मलेसियाले बंगलादेशबाट १५ लाख कामदार लिने

kuala-lumpur-malaysia-photos-2२८ माघ, काठमाडौं । मलेसियाले बंगालादेशबाट १५ लाख कामदार लिने भएको छ ।

बंगालादेशका प्रधानमन्त्री सेख हसिनाले आफ्नो मुलुकबाट १५ लाख कामदार पठाउन मलेसिया सरकारसँग सहमति गरेका र केही साताभित्रै यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिने जानकारी गराएका छन् । अाजको अन्नपूर्णमा समाचार छ ।

मलेसिया र बंगलादेशबीचको यो सहमतिले नेपालको वैदेशिक रोजगारीमा भने ठूलो झट्का लागेको छ । मलेसिया जाने कामदार ७५ प्रतिशतले गिरावट आएका बेला बंगलादेशी कामदार त्हाँ जाने भएपछि नेपालीको अवसर झन् गुम्ने देखिएको छ । विगतमा भलेसियाले बंगाली कामदार रोकेर नेपाली लिन गालेकाले लाखौँले त्यहाँ अवसर पाएका थिए ।

नेपालमा सरकारले निः शुल्क टिकट र भिसामा  मात्र कामदार पठाउन पाउने व्यवस्था गरेपछि मलेसियाका रोजगारदाता र एजेन्टले नेपाली कामदार लिन आनाकानी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment