Comments Add Comment

संसदमै अड्कियो महत्वपूर्ण विधेयक

Samsad-Sankalpa 650२८ माघ, काठमाडौं । कानुन निर्माणका लागि सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको अधिकांश महत्वपूर्ण विधेयक संसदमै थन्किएका छन् ।

संसदको समितिमा मात्रै एक दर्जन बढी विधेयक अड्किएका हुन् । कतिपय विधेयकहरु दर्ता भएर एक कदम पनि अघि बढ्न सकेका छैनन् भने कतिपय विधेयक सांसदलाई वितरणगरिए पनि संशोधनको समय सकिएर रोकिएको आजको राजधानीले समाचार छापेको छ ।

कांग्रेस सांसद राधेश्याम अधिकारीले विधेयकलाई समयमै पारित गर्न नसक्नुको पछाडि दुई वटा कारण रहेको बताए । ‘ एउटा कारण संसद्को संख्या नै ठूलो भएको र अर्को विधेयकमा गम्भीर छलफल नभएका कारण यस्तो भएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment