Comments Add Comment

विश्वकपमा छनोट हुन नेपालले आज नामिबियालाई जित्नै पर्ने

Nepal-U-19-Cric२८ माघ काठमाडौं । यु-१९ विश्वकप क्रिकेट अन्तर्गतको सातौँ स्थानका लागि आज नेपालले एसोसिएट टोली नामिबियासँग आज प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको फतुल्लाहस्थित  खान साहेब ओस्मन अली रंगशालामा नेपाल पौने ९ बजे नेपालले नामिबियासँग खेल्ने छ । आजको खेलमा जित निकाल्ने टोलीले सन् २०१८ मा न्यूजिल्याण्डमा आयोजना हुने आगामी संस्करणको लागि छनोट हुनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकपको शीर्ष स्थानमा रहने एसोसिएट टोलीलाई सन् २०१८ मा न्युजिल्याण्डमा आयोजना हुने विश्वकपमा सीधै छनोट गर्ने निर्णय अभिल्लो साता मात्र गरेको थियो ।

जारी यू-१९ विश्वकपमा एसोसिएट राष्ट्रका रुपमा दुईटोली मात्र क्वाटरफाइनलमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment