Comments Add Comment

राेजगारीका लागि काेरियामा रहेका नेपालीले गठन गरे ‘फुटबल महासंघ ‘

korea ma football

अशोक मैनाली

सोल, कोरिया । कोरियामा रहेका नेपालीहरूले स्थानिय क्लबहरूलाई समेटेर ‘फुटबल महासंघ’गठन गरेका छन् ।  आईतवार  ३३ वटा स्थानिय क्लबहरूको भेलाले कृष्ण गुरूङलार्इ अध्यक्षमा चयन गरेका छन् ।  लामो समय देखि केरियामा आयोजना हुने स्थानिय फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निभाउदै आएका गुरूङ तमुको अध्यक्षतामा ‘फुटबल महासंघ ‘गठन गरिएको हो ।

बिगत केहि बर्ष देखि कोरियाको नेपाली समुदाय बिच र अन्य मुलुक बिच ‘माईग्रेन्ट फुटबल प्रतियोगिता’हरू हुंदै आएका छन् । हामी नेपाली फुटबल प्रेमिहरू एक हौं’भन्ने मुल नाराका साथ महासंघ गठन गरिएको अध्यक्ष गुरूडंले बताए ।

१० सदस्यीय पदाधीकारीहरू रहेको महासंघले नेपाली क्लबहरू बीच फुटबल प्रतियोगिता गराउने , नेपाली फुटबलको स्तरोन्तीको लागी पहल गर्ने लगायत कार्य गर्ने बताईएको छ । कोरियामा बिभिन्न सिलसिलामा प्रतिभावान खेलाडीहरू रोजगारीको लागी आईरहेका छन् भने धेरै नेपाली खेलाडीहरू खेलकुद प्रतियोगितामा भाग लिन आएर यतै लुकेर बसिरहेका छन् ।

नेपालमा खेलेर बाँच्न नसक्ने भएकोले आफुहरू बाध्य भएर लुक्नु परेको ति खेलाडीहरू बताउने गर्छन् । लुक्नु आफुहरूको बाध्यता भएपनि नेपाली खेल क्षेत्रलाई संधै माया गर्ने उनिहरूले बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment