Comments Add Comment

पाँच महिनामा सवा चार अर्बको सेयर

२८ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको मंसिर महिनासम्म ४ अर्ब २५ करोड ८६ लाख रुपैयाँ बराबरका सेयर निष्काशनका लागि अनुमति दिएको छ ।

dhitopatra-boardबोर्डले १ अर्ब ७७ करोड ९८ लाख रुपैयाँ बराबरका हकप्रद र २ अर्ब ४७ करोड ८८ लाख रुपैयाँ बराबरका अग्राधिकार सेयर निष्काशनका लागि अनुमति दिएको हो ।

यस अवधिमा साधारण सेयर निष्काशनका लागि भने धितोपत्र बोर्डले अनुमति दिएको छैन ।

माछापुच्छ्रे बैंकले ५५ करोड ५२ लाख, काठमाडौं फाइनान्सले १८ करोड ३६ लाख, साना किसान विकास बैंकले ११ करोड ५३ लाख, आइसीएफसी वित्तीय संस्थाले २१ करोड ३४ लाख हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।

त्यसैगरी मिसन डेभलपमेन्ट बैंकले ५ कराड ७५ लाख, गौमुखी विकास बैंकले १ करोड ६७ लाख, कांक्रेबिहार विकास बैंकले १५ लाख कञ्चन डेभलपमेन्ट बैंकले ३३ लाख, एक्सल डेभलपमेन्ट बैंकले ५ करोड २५ लाख, सेञ्चुरी बैंकले ५ करोड ३० लाख रुपैयाँ बराबरका हकप्रद सेयर निष्काशनका लागि बोर्डबाट अनुमति पाएका छन् ।

त्यस्तै जलविद्युत लगानी तथा विकास कम्पनीलाई २ अर्ब रुपैयाँ, शिखर इन्स्योरेन्सलाई ३३ करोड २१ ल्ाख रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशनका लागि अनुमति पाएका छन् ।

रिलाइन्स लोटस फाइनान्सलाई ५ करोड १४ लाख, न्यादी हाइड्रोपावरलाई ४ करोड ८७ लाख र खानीखोला जलविद्युत आयोजनालाई ४ करोड ६६ लाख रुपैयाँ  बराबरको अग्राधिकार सेयर (एफपीओ) निष्काशनका लागि बोर्डले अनुमति दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment