Comments Add Comment

मलेसियामा माया बुझाउँदै हेमन्त शर्मा

hemant-sharama-malaysiaरामचन्द्र नेपाल

क्वालालम्पुर । न तेजाबी सुन हो माया न हो छापावाल भन्दै हेमन्त शर्मा स्टेजमा उक्लिए । मलेसियाको मुहारमा भएको सांगीतिक कार्यक्रममा उनले आधा दर्जनभन्दा बढी मायाकै गीत गाए, दर्शक-श्रोता उनका मायाका गीतमा झुमिरहे ।

मलेसियामा यतिबेला नयाँ वर्षको बिदा चलिरहेको छ । यही अवसरमा झन्डै तीन दर्जन नेपाली कलाकार मलेसियाका नेपालीमाझ पुगेका छन् । विभिन्न आयोजकले विभिन्न स्थान र समयमा सांगीतिक कार्यक्रम राखेका छन् ।

गायिका मुनाथापा मगर पनि अहिले मलेसियामा छन् । उनी मलेसिया पुगेको यो पाँचौँपटक हो । ‘यसपालि पाँचौँपटक हो म मलेसिया आएको,’ उनले भनिन्, ‘प्रत्येकपटक यहाँका दर्शकले मलाई माया गर्नुभएको छ ।’

त्यस्तै, नायिका तथा मोडल रञ्जिता गुरुङले नृत्य प्रस्तुत गरिन् । नेपाली पहिरनमा झुल्किएकी रञ्जिताले राम्री र आकर्षक देखिन छोटा लुगा लगाउनुनपर्ने प्रमाणित गरिन् । उनको प्रस्तुतिमा दर्शकले भरपुर साथ दिएका थिए । दर्शकदीर्घाबाट वान्स मोर आइरहेको थियो ।

मेरी बास्सैका कलाकार मरिचमान श्रेष्ठले पनि दर्शकको मन जिते । स्टेजमै उनी बल्छी खेल्न समेत भ्याए । उनले विशेष गरी देशका विसंगतिमा चोटिलो व्यंग्य गरे ।
लोक गायक प्रकाश कटुवालले पनि आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment