Comments Add Comment

नेपाली चलचित्रप्रति अमेरिकामा नेपालीको बढ्दो आकर्षण

bhairav-nepali-movie-poster

सनफ्रान्सिस्को । अमेरिका रहेका नेपाली दर्शकसँग प्रतिक्रिया लिने इच्छा व्यक्त गर्दै अमेरिका आएका अभिनेता निखील उप्रेतीको चलचित्र ‘भैरव’ले क्यालिफोर्नियास्थित बेएरियामा रहेका नेपालीको मन जितेको छ ।

‘निखीलको भैरव चलचित्र हेरेपछि नेपालमा पनि अन्तराष्ट्रिय स्तरका चलचित्र बन्न थालेछन् भन्ने प्रष्ट भयो, खुसी लाग्यो’, चलचित्र हेरेपछि दर्शकले भने ।

बेएरियामा नेपाली साँस्कृतिक केन्द्र बनाउने प्रयोजनका साथ भैरव चलचित्रको च्यारिटी शो गरिएको हो । ‘नेपाली दर्शकहरुले जुन रुपको माया दिने अपेक्षा गरेको थिए, त्यो पाएँ, म प्रसन्न छु,’ नायक तथा निर्माता निखीलले भने ।

आयोजक मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डे र अभिनेता निखील उप्रेतीलाई मञ्चमा बोलाएर उद्घोषक पि्रन्स युवराज कार्कीले चलचित्र प्रदर्शनको उद्देश्यमाथि प्रकाश पार्न लगाएका थिए । पूर्वप्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेपछि चलचित्र सुरु गरिएको थियो ।

नेपाली चलचित्रमा युवा पिढीका पि्रय नायक निखील उप्रेतीले अमेरिका जानु अघि काठमाठौंमा नेपाली पत्रकारलाई भनेका थिए, अमेरिकामा नेपालीसँग बसेर चलचित्र भैरव’ हेर्न र उहाँहरुको ‘फिडब्याक लिन म आतुर छु ।

‘नेपालको राजनीतिक खिचातानीको विषयमा आधारित चलचित्र भैरव नेपालमा रहेका नेपालीले त मन पराएका थिए नै, विदेशमा रहेका नेपालीले अझ बढी मन पराए, मेरो अपेक्षा पूरा भयो’, निखीलले भने ।

चलचित्र प्रदर्शनपछि माघ २८ मै निखील नेपाल फर्किएका । उनको भ्रमण तथा आवासको व्यवस्था आयोजक सामाजिक संस्था मदरल्याण्ड नेपालले नै मिलाएको हो ।

‘अमेरिकाकै अन्य ठाउँबाट पनि भैरव देखाउन निम्ता त आएको थियो, तर व्यस्तताका कारण यस पटक सम्भव भएन,’ निखीलले जानकारी दिए ।

मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेका अनुसार ‘भैरव’ को प्रदर्शनबाट उठेको रकम बे-एरियामै मदरल्याण्ड सांस्कृतिक केन्ऽ खोल्ने अभियानमा लगाइने र पहिला उनले घोषणा गरेको २५ हजार डलर पनि यसैमा लगाउने योजना छ ।

‘मैले पहिला नै स्थानीय नेपाली समुदायकाबीच गरेको कबुल अनुसारको धनराशि पनि म यही केन्ऽका लागि लगाउनेछु’ सो क्षेत्रका लागि नेपाली पर्यटनदूत पनि रहेका पाण्डेले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment