Comments Add Comment

रेड कार्पेटमा खुलेकी पूजा, प्रिमियरमा चिसो हुँदैन नायिकालाई (फोटो फिचरसहित)

Prem Geet Premiere (3)
बुधबार बेलुकी आयोजित चलचित्र ‘प्रेमगीत’को प्रिमियरमा केही कलाकारले फोटोग्राफरका ध्यान खिचे । जसमा सर्वाधिक धेरै ध्यान खिचिन्, चलचित्रकी नायिका पूजा शर्माले ।

माघ सकिदै गर्दा नसकिएको जाडोलाई पूजाको पहिरनले ठाडो चुनौती थियो । उनले लगाएको वन पिस पहिरनको माथिल्लो भागको डिजाइन छाला रंगको थियो । पूजा क्यामेराको लेन्समा सर्वाधिक धेरै परिन् ।

तर, पूजासँगै उपस्थित भएकी कोरियोग्राफर रेनशा राइको पहिरन पनि कम थिएन । उनले लगाएको सेतो वन पिसले पनि धेरैको ध्यान खिच्यो ।
Prem Geet Premiere (1) Prem Geet Premiere (5)
नायिका झरना थापा पति सुनिल कुमार थापासँग पुगिन् । उनको वन पिस पहिरन पनि जाडोलाई ठाडो चुनौती दिने खालको नै थियो । नायिका माला लिम्बु रेड कार्पेटमा केही पछि आएर पनि सबैको ध्यान तान्न सफल भइन् । नायिका नीता ढुंगानाको पहिरन खास आकर्षक थिएन । प्रेमी आमेष भण्डारीसँग उनी जय नेपाल हल पुगेकी थिइन् ।
Prem Geet Premiere (6) Prem Geet Premiere (7) Prem Geet Premiere (10)
नायिका निशा अधिकारीको पहिरन प्रतिको सजगत बुधबार पनि देखिएन । नायिका वेनिशा हमालले आफूलाई आफूलाई सुन्दर देखाउन कुनै कसरी बाँकी राखिनन् । उनको पहिरन लोभलाग्दो थियो । नायिका मेलिना मानन्धर सामान्य देखिइन् ।benisha-hamal

कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको जोडी एकसाथ कार्यक्रममा पुगेका थिए । दीपाश्री निरौलाको पहिरनले पनि खासै ध्यान तान्न सकेन ।
Prem Geet Premiere (4) Prem Geet Premiere (9)
अर्की नायिका अशिष्मा नकर्मी जाडोलाई चुनौती दिने पहिरनमा पुगिन् । कार्यक्रममा निर्माता छविराज ओझा, निर्देशक नरेश पौडेल, निर्देशक विकास आचार्य, निर्देशक ऋषि लामिछाने, कलाकार सरिता लामिछाने लगायत पनि देखिए ।mala-limbu

gharana-and-sunil-kumar

deepa-dipak-and-nirmal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment