Comments Add Comment

चन्द्रमामा पुग्ने छैटौँ व्यक्तिको निधन

anger michelपृथ्वीको प्राकृतिक उपग्रह चन्द्रमामा पुग्ने विश्वका छैटौँ व्यक्तिको निधन भएको छ । अमेरिकी अन्तरीक्षयात्री एड्गर मिचेलको ८५ वर्षको उमेरमा निधन भएको हो ।

चन्द्रमामा पुगेको आफ्नो ४५ औँ वर्षगाँठको एक दिनअघि उनको फ्लोरिडास्थित वेस्ट पाल्म बिचमा निधन भएको हो ।
सन् १९७१ मा उनी एपोलो १४ अन्तरीक्षयानमार्फत चन्द्रमामा पुगेका थिए र चन्द्रमाको सतहमा ९ घण्टासम्म हिँडेर विभिन्न खाले प्रयोग पनि गरेका थिए ।उनी चन्द्रमामा सबैभन्दा लामो समयसम्म हिड्ने व्यक्ति पनि हुन् । 

उनीसँगै अमेरिकी जलसेनाका क्याप्टेन अलान शेर्फड पनि चन्द्रमामा गएका थिए । उनीहरुले चन्द्रमाबाट फर्किँदा परीक्षणका लागि ४५ किलो चट्टान बोकेर ल्याएका थिए ।

शेर्फडले चन्द्रमामा गएर गल्फ समेत खेलेका थिए । गल्फ खेल्दा हुत्याइने बल कति टाढासम्म पुग्छ भन्ने कुराको परीक्षण गर्न उनले चन्द्रमामा गल्फ खेलेका थिए । चन्द्रमामा पृथ्वीको भन्दा कम गुरुत्वबल हुने हुँदा गल्फ बल टाढासम्म पुगेको उनको निष्कर्ष थियो । थोरै जोडेल हिर्काउँदा पनि गल्फ बल ३६५ मिटर टाढा पुगेको थियो । 

उता चन्द्रमाबाट फर्केसँगै स्वर्गीय मिचेलले एक अन्तरवार्ता दिँदै अनौठो कुरा गरेका थिए । उनले आफुले चन्द्रमामा तत्वज्ञानको अनुभुति भएको भन्दै आफु आबद्धता र निजताको अपार चेतना बोकेर फर्किएको बताएका थिए ।

साथै उनले अर्को ग्रहको प्राणी अर्थात् एलियनहरु अन्तरीक्षबाट पृथ्वीमा जाने गरेको समेत बताएका थिए ।
सन् १९७२ मा नासाको जागिर छाडेका मिचेलले त्यसपछि एक अनुसन्धान संस्था स्थापित गरी एलियन, युएफओ तथा यस्तै खाले अनुसन्धानमा समर्पित गरेका थिए ।

स्मरण रहोस् चन्द्रमामा अहिलेसम्म १२ जना मानिसले पाइला टेकेका छन् । ती मध्ये सातजना अझै जिवित छन् । चन्द्रमामा पहिलोपटक पाइला टेक्ने निल आर्मस्ट्रंग तथा बज एल्डि्रनको यसअघि नै निधन भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment