Comments Add Comment

नारायणगढ-मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द

Narayanghat-Muglin-Road

  • बिस्तार गर्न लागिएको नारायणगढ-मुग्लिन सडक । तस्बिर: राजेन्द्र आचार्य/अनलाइनखबर

२८ माघ, चितवन । सडक बिस्तार भैरहेकाले चितवनको नारायणगढ-मुग्लिन खण्ड बन्द गरिएको छ । बिहान ११ बजेदेखि सबै प्रकारका सवारी साधन आवत-जावत बन्द गरिएको हो ।

बन्द गरिएको सडक दिउँसो ३ बजेपछि मात्रै खुलाइने छ । गाडीहरुलाई मुग्लिन र जुगेडीमा रोकिएको छ ।

‘दुई घण्टा पहाड फोर्ने र दुई घण्टा सफा गर्ने काम हुने भएकाले आजदेखि हरेक दिन ४ घण्टा सडक बन्द हुन्छ,’ सडक आयोजनाका इन्जिनियर शिव खनालले भने ।

अत्यावश्यक सेवाका गाडीलाई २ घण्टाको फरकमा छाडिने

अत्यावश्यक सेवाका गाडीहरुलाई पनि २ घण्टाको फरकमा छाडिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । नारागणगढ-मुग्लिन सडक खण्डमा दैनिक आठ हजारभन्दा धेरै गाडीहरु आवत-जावत गर्छन् । जिर्ण र साँघुरो भएकाले सो सडकखण्डमा अत्यधिक दुर्घटना हुने गर्दछ ।

सडक फराकिलो पार्ने काम भैरहेकाले पश्चिम तर्फ जाने गाडीहरुलाई सिद्धार्थ राजमार्ग र पूर्वतर्फ जाने गाडीहरुलाई त्रिभुवन राजपथलाई विकल्पको रुपमा प्रयोग गर्न सुझाइएको छ ।

आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर सडकलाई सन् २०१७ अपि्रलसम्ममा बिस्तार गरेर चार लेनको बनाउने काम भइरहेको छ । खुला क्षेत्रमा ११ मिटर र पहाडी चट्टानयुक्त क्षेत्रमा ७ मिटर चौडाइको सडक बनाइने छ । यो कामका लागि आर्थिक वर्ष ०७०/७१ को बजेटमा ३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

आँपटारीदेखि झण्डै १३ किलो मिटरसम्मको खण्ड बिएलए तथा श्रेष्ठ निर्माण कम्पनीले र त्यसपछिको २३ किलोमिटर सडक बिस्तारको जिम्मा उड हिल तथा लामा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment