Comments Add Comment

जङ्गली हात्तीको आक्रमणमा एकको मृत्यु

jungali hatti२८ माघ, चितवन । पश्चिम चितवनको नारायणी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणमा एक जनाको ज्यान गएको छ । अाक्रमणामा  नारायणी नगरपालिकामा वडा नं १ अन्द्रौलीकी ४८ वर्षीया भीमा कुमालको  मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार घर नजिकै चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा लिन गएकी कुमाललाई बुधबार दिउँसो हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणपछि गम्भीर बनेकी कुमालको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment