Comments Add Comment

फेसबुक बन्यो नम्वर वान एप, यी हुन् सबैभन्दा लोकप्रिय स्मार्टफोन एप

facebookडेढ अर्ब भन्दा बढि प्रयोगकर्ता रहेको फेसबुक दुनियाको सबैभन्दा ठूलो सोसल नेटवर्किंग साइट हो । तर फेसबुकको श्रेष्ठता केवल सोसल साइटको रुपमा मात्र छैन । फेसबुक सबैभन्दा लोकप्रिय स्मार्टफोन एप समेत बन्न सफल भएको छ ।

बितेको वर्ष सन् २०१५ मा अमेरिकामा सबैभन्दा बढि प्रयोगकर्ता रहेको स्मार्टफोन एप बन्न सफल भएको छ फेसबुक । आइओएस र एन्ड्रोइड दुबै प्लेटर्फममा शीर्ष स्थानमा रहँदै फेसबुक एपले आफ्ना प्रयोगकर्ताको संख्या अमेरिकामा मात्रै १० करोड पूराउन सफल भएको छ ।

तथ्यांक अनुसार अमेरिकी स्मार्टफोन बजारमा फेसबुक एपले आफ्नो कोटा झण्डै पूरा गरेको छ र पूरै स्मार्टफोन प्रयोगकर्तामध्ये ७७ प्रतिशतले फेसबुक एप प्रयोग गर्ने गरेका छन् ।

फेसबुकको मुख्य एप सबैभन्दा लोकपि्रय एपको पहिलो स्थानमा छ भने फेसबुककै मेसेन्जर एप दोश्रो लोकपि्रय एप बनेको छ । ६२.५ प्रतिशत प्रयोगकर्ताले फेसबुकको मेसेन्जर प्रयोग गर्ने गरेका छन् ।

गुगलको यु ट्युब एप तेश्रो स्थानमा रहेको छ । तथापि यु ट्यबुले पछिल्लोपटक सुरु गरेको म्युजिक स्टि्रमिंंग सर्भिसका कारण यु ट्युबले आगामी रिपोर्ट आउँदासम्म  लोकप्रियताको  सूचिमा फड्को मार्ने अपेक्षा गरिएको छ ।  अमेरिकी स्मार्टफोन बजारमा गुगलको एन्ड्रोइड प्लेटर्फमवाला स्मार्टफोनको हिस्सा झण्डै ५३ प्रतिशत तथा एप्पल स्मार्टफोनकेा हिस्सा झण्डै ४३ प्रतिशत रहेको देखिएको छ ।

त्यस्तै माइक्रोसफ्ट अपरेटिंग सिस्टमवाला स्मार्टफोनको हिस्सा २.९ प्रतिशत र ब्लाकबेरी स्मार्टफोनको हिस्सा ०.९ प्रतिशत रहेको छ ।

अमेरिकी स्मार्टफोन बजारमा एप्पलका स्मार्टफोनको हिस्सा ४२.९ प्रतिशत छ । दोश्रो स्थानमा सामसुड रहेको छ र उसले २८.४ प्रतिशत बजार हिस्सा ओगटेको छ । ९.९ प्रतिशत हिस्सा सहित एलजी तेश्रो, ५.३ प्रतिशत हिस्सा सहित मोटोरोला चौथो तथा ३.३ प्रतिशत हिस्सा सहित चिनिया स्मार्टफोन एचटीसी पाँचौ स्थानमा  छन् ।

अमेरिकामा गत वर्ष सबैभन्दा लोकपि्रय रहेका उत्कृष्ट पन्ध्र स्मार्टफोन एपमा क्रमशः फेसबुक, फेसबुक मेसेन्जर, यु ट्युब, गुगल प्ले, गुगल म्याप्स, गुगल सर्च, जिमेल, प्यान्डोरा रेडियो, इस्टाग्राम, अमेजन मोबाइल, एप्पल म्युजिक, याहु स्टक्स, एप्पल म्याप्स, गुगल ड्राइभ र टि्वटर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment