Comments Add Comment

इलाममा पूर्वाञ्चलस्तरीय रेफ्री कोर्ष सुरू

refree२८ माघ, इलाम। क्षमतावान र दक्ष रेफ्री तयार गर्ने उद्देश्यले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजना तथा जिल्ला फुटबल सङ्घ इलामको समन्वयमा बुधबारदेखि इलाममा पूर्वाञ्चलस्तरीय एन्फा रेफ्री कोर्ष सुरु भएको छ ।

पाँच दिनसम्म सञ्चालन हुने रेफ्री कोर्षका लागि ओखलढुङ्गा र सोलुखुम्बुबाहेक इलाम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, उदयपुर, खोटाङ, भोजपुर, सङ्खुवासभा, सप्तरी र सिराहा जिल्लाका जिल्ला फुटबल सङ्घमा आबद्ध ४० जनाभन्दा बढी रेफ्रीको सहभागिता रहेको छ ।

पूर्वाञ्चलस्तरीय एन्फा रेफ्री कोर्षलाई एन्फाका सहायक महासचिव सञ्जीव मिश्र, रेफ्री इन्स्ट्रक्टर पूर्व फिफा रेफ्री श्रीराम रञ्जितकार, पूर्व फिफा सहायक रेफ्री श्याम लामा र मधुसूदन खनालले सहजीकरण गरिरहनुभएको छ । कोर्षअन्तर्गत विभिन्न चरण रहेको र ती चरण पार गरेर परीक्षामा उत्तीर्ण हुनेलाई फिफाले छनोट गरेर थप तालिम प्रदान गर्ने बताइएको छ ।

कोर्षको उद्घाटन गर्दै सहायक महासचिव मिश्रले रेफ्रीको लाइसेन्स लिएरमात्र केही नहुने, दक्ष र कुशल निर्णायक हुनुपर्नेमा जोड दिए । फुटबल प्रतियोगितामा विश्वमा नयाँ नयाँ नियम र परिवर्तन आएको बताउँदै उनले एक कुशल निर्णायक हुन सकेको खण्डमा व्यावसायिक हुँदै यसैबाट जीविकोपार्जन गर्न सकिने बताए ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment