Comments Add Comment

गजल

गजल

हरियो हुननपाई पातले झरेर जानै पर्ने

अझै कति नेपालीले यहाँ मरेर जानै पर्ने

RakeshKarki aa

सिँहासन होस् या कुर्सी होस् चढे पछि

जुकोले झैँ चुस्दै टन्न भुँडी भरेर जानै पर्ने

अशान्ति अन्यौलले रोजी रोटी खोसिएपछि

स्वाभिमानीले सात समुद्र तरेर जानै पर्ने

आफ्नोलाई आफ्नो ठानी नजिकै जाऊँ भन्दा

धोका पाई चित्त दुःखाई पर सरेर जानै पर्ने

दलहरु अब मिले, देशलाई केही गर्लान् भन्दा

गाँठी कुरो हुन नसकी छक्क परेर जानै पर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment